ललितपुर-३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्की विजयी

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

ललितपुर । ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्की विजयी हुनुभएको छ । पछिल्लो सार्वजनिक मतपरिणामअनुसार कार्कीले १४ हजार २०८ मत पाउनुभएको छ ।

उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अमृत खड्काले ८ हजार २२३ मत पाउनुभएको छ । सोही क्षेत्रमा माओवादी केन्द्रकी उम्मेदवार नेतृ तथा ऊर्जा मन्त्री पम्फा भुसालले ५ हजार ४५६ मत पाउनुभएको छ । निर्वाचन आयोगले विजयीको आधिकारिक घोषणा गर्न बाँकी छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?