कञ्चनपुर क्षेत्र नम्बर ३ बाट कांग्रेसका रमेश लेखक निर्वाचित

हिमालय टाइम्स
Read Time = 1 min

कञ्चनपुर । प्रतिनिधिसभामा कञ्चनपुर क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका रमेश लेखक निर्वाचित हुनु भएको छ। निकटतम प्रतिस्पर्धी एमालेकी निरुदेवी पाललाई १२ हजार ७७ मतको फराकिलो अन्तरले पराजित गर्दै लेखक निर्वाचित हुनुभएको हो ।

गठबन्धनका तर्फबाट उम्मेदवार बनेका लेखकले ३० हजार ५२३ मत प्राप्त गर्दा एमालेकी निरुदेवी पालले १८ हजार ४४८ मत पाउनु भयो ।

९७ हजार ८२२ मतदाता रहेको क्षेत्र नम्बर ३ मा ५७ हजार ७५८ मत खसेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?