काठमाडौं । दूधको भुक्तानी नपाएपछि ललितपुरका किसानले सडकमै दूध पोखेका छन् । उनीहरूले मंगलबार दिउँसो ललितपुर जिल्ला प्रशासन कार्यालयअगाडि दूध पोखेका हुन् । लामो समयदेखिको भुक्तानी नपाएको र उत्पादित दूधको बजारीकरणमा समस्या भएको भन्दै ८० लिटर दूध सडकमा पोखेर किसानले विरोध गरेका थिए । सोहीक्रममा प्रमुख जिल्ला अधिकारीलाई ११ बुँदे मागपत्र बुझाउँदै ललितपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघमा आबद्ध किसानले दूध तथा दुग्धजन्य पदार्थ बिक्री–वितरण सहज गर्नुपर्ने र किसानको दूधको भुक्तानी नियमित उपलब्ध गराउनुपर्ने माग गरेका थिए ।
लामो समयदेखिको भुक्तानी नपाएको र उत्पादित दूधको बजारीकरणमा समस्या भएको भन्दै ८० लिटर दूध सडकमा पोखेर किसानले विरोध गरेका हुन् ।
ललितपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष कृष्णप्रसाद सापकोटाका अनुसार ललितपुरमा दैनिक एक लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आएको छ । जसमध्ये ७० देखि ७५ हजार लिटर दूध बिक्री गर्ने गरिएको छ । नेपालमा दुग्ध क्षेत्रमा देखिएको समस्या समाधानमा केन्द्रीय सरकार तथा प्रदेश सरकार सकारात्मक नदेखिएकाले संघ र अन्य संघ संगठनले ऐक्यबद्धता जनाउँदै आन्दोलन सुरु गरिएको उहाँले बताउनुभयो ।
मन्त्रीलाई एसोसिएसनको सुझाव पत्र
नेपाल डेरी एसोसिएसनले सरोकारवालाबीचको अन्तरक्रियाबाट आएका सुझाव मन्त्री भुसाललाई हस्तान्तरण गरेको छ । एसोसिएसनले गत शुक्रबार आयोजित वर्तमान अवस्थामा दुग्ध क्षेत्रमा देखिएका समस्या समाधानसम्बन्धी सरोकारवालाबीचको अन्तरक्रियाबाट प्राप्त सुझाव कृषि तथा पशुपन्छी विकासमन्त्री डा. बेदुराम भुसाललाई बुझाएको हो । एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहाल, उपाध्यक्ष दिपप्रसाद धमला र डेरीविज्ञ सुवास ढकालसहितको टोलीले सुझाव पत्र मन्त्रीलाई बुझाएको हो ।
सो अवसरमा एसोसिएसनका अध्यक्ष दाहालले पछिल्लो समय दूध तथा दुग्धजन्य पदार्थको बजार प्रवद्र्धनका लागि एसोसिएसनले पनि विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम गर्दै आएको मन्त्री भुसाललाई जानकारी गराउनुभएको थियो । एसोसिएसनले दूध तथा दुग्धजन्य पदार्थ खपत बढाउन सेना, प्रहरीका खाना, विद्यार्थीको खाजा, खेलाडीको खानामा अनिवार्यरूपमा दूध, दुग्धजन्य पदार्थ समावेश गरिनुपर्नेमा मन्त्री भुसालसँग माग गरेको छ । साथै हरेक किसिमका कार्यक्रममा मायाको चिनोस्वरूप दुग्ध पदार्थ वितरण गर्ने गरिएको उपाध्यक्ष दिपप्रसाद धमलाले जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच