नबिललाई उत्कृष्ट करदाता सम्मान

Read Time = 2 mins

काठमाडौं । आर्थिक वर्ष २०७७/०७८ मा बैंक तथा वित्तीय संस्थामध्ये सबैभन्दा बढी कर दाखिला गर्ने नबिल बैंकलाई आन्तरिक राजस्व विभागले सम्मानित गरेको छ । विभागले राष्ट्रिय कर दिवसको अवसरमा प्रदान गरेको सम्मानपत्र बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले ग्रहण गर्नुभएको हो ।

बैंकले उक्त आर्थिक वर्षमा दुई अर्ब ७९ करोड रुपैयाँ कर सरकारलाई तिरेको थियो । पछिल्लो १० वर्षमा नबिल बंैक वित्तीय संस्थामा उच्च कर भुक्तानी गरेर सम्मानित भएको यो सातौँपटक हो । नबिल हरेक तवरले अग्रणी स्थानमा रहेको बताउ“दै प्रमुख कार्यकारी अधिकृत ढुंगानाले वित्तीय संस्थामध्ये सबैभन्दा बढी कर दाखिला गरी राज्यको वृद्धि विकासमा टेवा पु¥याउन पाउ“दा खुसी लागेको बताउनुभयो ।

नेपालको निजी क्षेत्रको अग्रणी बैंक नबिलले २०७७÷०७८ सम्ममा सरकारलाई १८ अर्ब ३८ करोड रुपैया“ कर बुझाएको छ । जुन बैंकको तत्कालीन कुल पु“जीको १.३२ गुणा रकम हो । नबिलले आफ्ना लगानीकर्तालाई हालसम्म नगद लाभांश १४ अर्ब ४५ करोड रुपैयाँ तथा १८ अर्ब आठ करोड बराबरको बोनस सेयर वितरण गरिसकेको जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?