पाँचथर प्रदेश सभा (ख) बाट माओवादी केन्द्रका आङवो विजयी

जितेन्द्र भण्डारी पाँचथर, संवाददाता
Read Time = 1 min

पाँचथर । पाँचथर निर्वाचन क्षेत्र १ (२) बाट माओवादीका इन्द्रबहादुर आङ्बो विजयी हुनुभएको छ । उहाँले एमालेका अइन्द्रसुन्दर नेम्वाङलाई पराजित गर्नुभयो ।

प्रदेश १ मा मुख्यमन्त्रीको दाबी गरिरनुभएका उहाँले १५६७२ मत ल्याउनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका अइन्द्र सुन्दरले १२६०५ मत ल्याउनुभयो । आङ्बोले मुख्यमन्त्री बन्ने भन्दै मत माग्नुभएको थियो ।

अहिले उहाँ प्रदेश १ सरकारका आर्थिक मामिला तथा योजना मन्त्री हुनुहुन्छ। प्रदेश १ को पहिलो सरकारमा अर्थमन्त्री बन्नुभएका उहाँ पछि गठबन्धन सरकारमा पनि पुन : अर्थमन्त्री बन्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?