ज्ञानेन्द्र शाहीले प्रतिनिधि सभा सदस्यमा जित्दा जुम्लामा तीनवटै सिटमा सत्ता गठबन्धनका उम्मेदवार पराजित

विजय रावत जुम्ला, संवाददाता
Read Time = 4 mins

जुम्ला । जुम्लाको एक प्रतिनिधिसभा सहित दुईवटा प्रदेशसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवार पराजय भएकाछन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाही (ज्ञान बहादुर शाही) निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिनुभयो ।

तीन दलिय गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार गोमा गौतम (कुवँर) लाई १० हजार ८६० मत अन्तरले पराजित गदै शाही विजयी भएकाछन् । शाहीले २२ हजार ८१९ मत ल्याउदा उहाँका निकटतम प्रतिद्वन्द्वी गठबन्धन तर्फका नेकपा (माओवादी) केन्द्र पार्टीका उम्मेदवार गौतमले ११ हजार ९५९ मत प्राप्त भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाका प्रमुख गौतमले जानकारी दिनुभयो । त्यसैगरी नेकपा (एमाले) का रतननाथ योगीले ६ हजार ५२८ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यस्तै नेमकिपाका डिल्ली प्रसाद काफ्ले ९५५ मत प्राप्त गरेका छन् । जम्मा खसेको ४५ हजार २८४ मतमध्ये २ हजार ४७८ मत बदर भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा (ख) मा नेकपा (एमाल) का उम्मेदवार टेकराज पछाईले सात हजार आठ सय २६ मतले निर्वाचित भएका छन् । उहाँका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धन तर्फका एकीकृत समाजवादी पार्टीका कर्णाली प्रदेशका भौतिक पुर्वाधार तथा शहरी विकास बाहलवाला मन्त्री पदम बहादुर रोकायाले छ हजार सात १५ मत प्राप्त गर्नुभएको छ । स्वतन्त्र उम्मेदवार धनबहादुर बस्नेतले चार हजार एक सय ६५, मत प्राप्त गर्नुभएको छ । त्यसैगरी नेपाल मजदुर किसान पार्टीका विर्षबहादुर रावतले एक हजार दुई सय २, मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यस्तै निर्वाचन क्षेत्र नं १ अन्तर्गत प्रदेशसभा (क) मा स्वतन्त्र उम्मेदवार देवेन्द्र बहादुर शाहीले एक हजार आठ सय ९९ मत अन्तरले विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनतर्फका नेपाली काङ्ग्रेस पार्टीका कर्णाली प्रदेश सभापति ललितजंग शाहीले सात हजार सात ५५ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी नेकपा एमालेका उम्मेदवार धिरेन्द्रराज गिरीले पाँच हजार चार सय ७०, मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यस्तै नेमकिपाका राजेश्वर देवकोटाले छ सय ९४ मत प्राप्त गरेकाछन । सो प्रदेशसभामा चौविस हजार सात सय ५५ मत खसेको थियो । एक हजार ८२ मत बदर भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचित प्रदेशसभा सदस्य शाही विस २०७४ सालको प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका गजेन्द्र बहादुर महत संग झन्डै दोब्बर मत अन्तरले पराजय हुनुभएको थियो । काङ्ग्रेसले प्रदेशमा टिकट नदिएपछि शाहीले स्वतन्त्रबाट उम्मेदवारी दिएका थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?