समानुपातिकतर्फ पहिलो एमाले राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो, कुन दलको मत कति ?

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । प्रदेश तथा प्रतिनिधिसभातर्फको मतपरिणाम सार्वजनिक भइरहेको छ । प्रत्यक्षसँगै समानुपातिकतर्फको मतगणनासमेत जारी छ ।

निर्वाचन आयोगको मतपरिणाम विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले तेस्रो स्थानमा पुगेको छ । उक्त पार्टी समानुपातिकतर्फ पाँच लाख ३१ हजार पाँच सय २० मत प्राप्त गरेको छ । प्रत्यक्षमा सात सिट जितिसकेको रास्वपाले समानुपातिकमा धेरै मत ल्याउने देखिएको छ ।

समानुपातिकतर्फ पहिलो दलका रूपमा एमाले देखिएको छ। एमालेले हालसम्म ११ लाख २१ हजार२२१ मत पाएको आयोगले जनाएको छ ।

दोस्रोमा नेपाली कांग्रेस छ । कांग्रेसले समानुपातिकतर्फ १० लाख ६३ हजार नौ ९५७ मत प्राप्त गरेको छ । चौथोमा माओवादी केन्द्र, पाँचौँ स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रहेको छ ।

निर्वाचन आयोगका अनुसार माओवादी केन्द्रले समानुपातिकमा चार लाख ८६ हजार ९१ मत पाएको छ । राप्रपाले दुई लाख ८० हजार १०५ मत प्राप्त गरेको छ । छैटौंमा रहेको जनता समाजवादी पार्टी ९जसपा० र सातौँ स्थानमा नेकपा एकीकृत समाजवादीले क्रमशः एक लाख ३१ हजार ८१० र ८० हजार तीन सय दुई मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?