मंगलमले बुझायो सर्वाधिक आयकर

Read Time = 2 mins

काठमाडौं । मंंगलम इण्डष्ट्रिज प्रालि औद्योगिक उत्पादन क्षेत्रबाट आर्थिक वर्ष २०७७/०७८ मा सर्वाधिक आयकर दाखिला गरी आन्तरिक राजस्व विभागबाट सम्मानित भएको छ । राष्ट्रिय कर दिवस २०७९ का अवसरमा आयोजित समारोहबीच त्रिपुरेश्वरस्थित कार्यालयले कम्पनीका अध्यक्ष सुदर्शन चुरिवाल र निर्देशक शशी चुरिवाललाई सम्मानपत्र प्रदान गरेको हो ।

सो अवसरमा कम्पनीका अध्यक्ष चुरिवालले देशमै उत्पादन गरी अर्थतन्त्रमा योगदान पुर्‍याएर सम्मानित हुन पाउँदा असाध्यै गौरवान्वित महसुस भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘देशको हितमा यस्तो शुभकार्यलाई निरन्तरता दिन हामीलाई थप प्रोत्साहन मिलेको छ । साथै यस यात्राका क्रममा हामीसँग हातमा हात मिलाई, काँधमा काँध मिलाई अघि बढ्न साथ दिनुहुने सम्पूर्णमा हृदयदेखि कृतज्ञता व्यक्त गर्न चाहन्छौँ ।’

मंगलमले घर तथा उद्योग निर्माणका क्रममा आवश्यक पर्ने पाइप तथा फिटिङ्ससम्बन्धी सम्पूर्ण सामग्री उत्पादन गर्दै आएको छ । मंगलम खानेपानी आपूर्ति, प्लम्बिङ, स्यानिटेसन र ड्रेनेज पाइपको नेपालको अग्रणी कम्पनीसमेत रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?