मोरङ- ३ मा कांग्रेसका सुनिल शर्मा विजयी, रेखा थापा तेस्रो

हिमालय टाइम्स
Read Time = 1 min

विराटनगर । अभिनेत्री रेखा थापा मोरङ क्षेत्र नम्बर ३ मा पराजित हुनुभएको छ । कांग्रेसका सुनिलकुमार शर्मा मोरङ ३ बाट प्रतिनिधिसभा सदस्यमा विजयी हुँदा राप्रपाबाट चुनाव लड्नुभएकी थापा तेस्रो हुनुभएको छ ।

४८ हजार ६३१ मतसहित शर्मा विजयी हुँदा एमालेका भानुभक्त ढकाल २५ हजार ८९५ मत ल्याएर दोस्रो हुनुभयो भने राप्रपाबाट थापाले १० हजार ९९८ मत्रै प्राप्त गर्नुभएको छ ।

सो क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका विकास उप्रेतीले ३ हजार १७२ मत ल्याएर चौथो हुनुभयो ।

मोरङ-३ एमाले नेता भानुभक्त ढकालको क्षेत्र हो। यो क्षेत्रमा कांग्रेसका नेता सुनिल शर्मा पनि ०७४ को निर्वाचनमा लड्नुभएको थियो। त्यतिबेला ढकाल निर्वाचित हुनुभएको थियो। ०७४ को प्रतिनिधिसभा निर्वाचनमा ढकालले ४२ हजार ४ सय १३ मत ल्याउँदा कांग्रेसका सुनिल कुमार शर्माले ४० हजार ५ सय ६ मत ल्याउनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?