महिला हिंसा विरुद्धको १६ दिने अभियान गाईघाटमा सुरु

हिमालय टाइम्स
Read Time = 1 min
A A- A+

उदयपुर । अन्तराष्ट्रिय महिला हिंसा अन्त्य दिवस शुक्रवार गाईघाटमा १६ दिने महिला हिंसा विरुद्धको अभियानसँगै सुरु गरिएको छ । विश्वभर अन्तर्राष्ट्रिय महिला दिवस ८ मार्चमा मनाउने गरिएको छ । २५  नोभेम्बर देखि १० डिसेम्बरसम्म चल्ने अभियानमा विभिन्न  कार्यक्रमहरु सञ्चालन हुनेछन ।

यस अवसमा गाईघाट बजारमा पनि विभिन्न कार्यक्रमहरु गरिएका छन् । त्रियुगा नगरपालिकाको आयोजनामा नगरको १६ वटै वडा, नगरपालिकाको कार्यालयमा जनचेतनामूलक व्यानर राखिएको छ ।

त्यसैगरी महिला हिंसा गर्दिन भन्ने प्रतिबद्धतासहित सेतो रिवन वितरण गरिएको नगरपालिकाका उपप्रमुख महेश्वरी राईले बताउनुभयाे । नगरमा अभियान प्रभावकारी बनाउन जनप्रतिनिधि तथा सरोकारवालाहरुसँग छलफल गर्ने, अभिमूखीकरण कार्यक्रमहरु तथा वक्तित्वकला प्रतियोगिताको आयोजना गरिने उहाँले बताउनुभयाे ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?