सुवास नेम्वाङ १३० मतले अघि रहेको इलाम-२ मा पनि रोकियाे मतगणना

हिमालय टाइम्स
Read Time = 1 min

इलाम । इलाम २ मा प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर २ को गणना अन्तिम चरणमा पुगेपछि रोकिएको छ ।

निर्वाचत अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटिएपछि सत्ता गठबन्धन नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहदुर खड्काका प्रतिनिधिले मतगणना स्थगित गराएका छन् ।
यहाँ पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ र गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार खड्काबीच कडा टक्कर देखिएको छ ।
इलाम नगरपालिकाका वडा नम्बर १ को मतगणना बाँकी रहँदा नेम्वाङ १३० मतले अघि हुनुहुन्छ ।

अन्तिममा वडा नम्बर २ को गणना गर्ने क्रममा ४० मत हराएको र ४० मतमा मतदान अधिकृतको हस्ताक्षर नभएको भन्दै नेपाली कांग्रेसले विरोध जनाएपछि गणना रोकिएको हो ।

सत्ता गठबन्धनका दलहरुले मत गणनाप्रति विश्वास नभएको भन्दै विरोध गरिरहेका छन् । अब इलाम २ मा १ हजार ९९२ मत गन्न बाँकी छ ।

यसअघि गणनामा धाँधली भयो भन्दै इलामा १ को मत गणना पनि रोकिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?