चीनमा एकै दिन ४० हजारभन्दा बढी कोभिड संक्रमित, मुख्य सहरमा सरकारविरुद्ध प्रदर्शन

हिमालय टाइम्स
Read Time = 1 min

बेइजिङ । चीन पछिल्लो २४ घन्टामा एकै दिन ४० हजार ३३४ जना कोभिडका नयाँ संक्रमित भेटिएका छन् । उनीहरुमध्ये ३ हजार ८२२ जनामा लक्षण देखिएको र बाँकी लक्षणविहीन रहेका चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । चीनमा पछिल्लो समयमा कोभिड संक्रमितको संख्या तीब्र ढंगले बढिरहेको छ ।

सरकारको कोभिडसम्बन्धी कडा नीतिका बाबजुद संक्रमितको संख्या ह्वात्तै बढेको हो । सरकारको कोभिड नीतिलाई लिएर चीनमा मुख्य सहरहरुमा विशाल प्रदर्शनहरु भएका छन् । प्रदर्शनकारीहरुले राष्ट्रपतिको राजीनामा माग गरिरहेका छन् ।

राजधानी बेइजिङ र वित्तीय हब सांघाइमा जम्मा भएका सयौँ प्रदर्शनकारीहरूले राष्ट्रपति सी जिन्पिङको राजीनामा माग गरेका हुन् । उरुम्चीस्थित एक अपार्टमेन्टमा भएको आगलागीमा १० जनाको मृत्युपछि चीनमा कोभिड निषेधाज्ञाविरुद्ध प्रदर्शनहरू सुरु भएका हुन्। एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?