बाजुरा घटना : चेतनको ९ दिनपछि दाहसंस्कार

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 2 mins

बाजुरा । मंसिर ४ गते आम निर्वाचनको दिन बाजुरामा मतदानका क्रममा भएको विवादपछि कुटपिट गरेर हत्या गरिएका भनिएका चेतन अयडीको ९ दिनपछि परिवारद्वारा शव बुझेर सोमबार दाहसंस्कार गरिएको छ ।

अयडी नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुुका केन्द्रीय सदस्य समेत रहेका थिए । सोमबार बिहान अयडीको शव अन्तिम श्रद्धाञ्जलीका लागि खुलामञ्चमा राखिएको थियो र त्यसपछि शवयात्रा गरिएको थियो ।

बाजुराको त्रिवेणी नगरपालिका ७ घर भएका ३२ वर्षीय अयडीलाई मतदानको दिन त्रिवेणी ७ कै मतदान केन्द्रमा काँग्रेस र एमालेका कार्यकर्ताबीच विवाद भएपछि कांग्रेस कार्यकर्ताहरुले कुटपिट गरी गम्भीर घाइते बनाएका थिए ।

उनलाई सोही दिन राती उपचारका लागि अछामस्थित बयलपाटा अस्पताल लगिएको थियो । तर चिकित्सककले उनलाई अस्पताल पुर्याउँदा मृत घोषित गरेका थिए । सोही दिन चेतनको हत्या अघि प्रहरीको गोली लागेर नेपाली काँग्रेसका कार्यकर्ता सञ्जिव अयडीको मृत्यु भएको थियो ।

चेतनको हत्यारा पत्ता लगाउन माग गर्दै एमाले बाजुराले आन्दोलन गर्दे आइरहेको छ । चेतनको परिवारले हत्यामा संलग्न रहेको भन्दै २२ जना बिरुद्ध किटानी जाहेरी दिएको छ । ती मध्ये केहीलाई पक्राउ गरिएको बाजुरा प्रहरीले जनाएको छ । मंसिर ४ गते नै बाजुरामा निर्वाचन सकिएको भएपनि धाँधली भएको उजुरी परेपछि अझै मतगणना हुन सकेको छैन ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?