बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाद्वारा सवारी साधानको चेक जाँचमा कडाई

हिमालय टाइम्स
Read Time = 2 mins

-बाबुराम श्रेष्ठ

धादिङ । नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले सवारी साधानहरूको चेक जाँचमा कडाई गरेको छ । विशेषगरी तिहार तथा छठ पर्वलाई लक्षित गरी पटका लगायतका विष्फोटक जन्य पदार्थको ओसारपसारलाई नियन्त्रण गर्ने उद्देश्यले उक्त चेकिङ गरिएको हो ।

सोही अनुसार प्रहरीले सिन्धुलीको कमलामाई नगरपालिका-९ भिमानमा चेकिङ गरेको छ । बागमती प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुरसहित खटिएको प्रहरी टोलिले विष्फोटक पदार्थ, लागु औषध ओसारपसार र सम्भावित अवाञ्छित क्रियाकलाप गरी भाग्न सक्ने शंकित ब्यक्तिको चेकजाँच गरेको थियो ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले बिभिन्न राजमार्ग रहेका नाकाहरूमा तालिम प्राप्त कुकुर सहितको प्रहरी चेकिङ गर्दै आईरहेको छ ।

दशैँको समयमा मकवानपुर र चितवनमा गरिएको उक्त चेकिङ निकट भविष्यमा नै काभ्रे र धादिङ जिल्लाका बिभिन्न स्थानहरूमा गरिने बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा, मकवानपुरका सूचना अधिकारी एवं प्रहरी बरिष्ठ उपरीक्षक दिपक रेग्मीले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?