सुकुम्बासी समस्याप्रति मेयर संवेदनशील हुनुपर्छु: पूर्वअर्थमन्त्री लोहनी

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । पूर्वअर्थमन्त्री प्रकाशचन्द्र लोहनीले सहरमा सुकुम्बासी समस्याप्रति मेयर बालेन्द्र शाह संवेदनशील हुनुपर्ने बताउनुभएकाे छ । सहरका सुकुम्बासीको समस्याबारे मेयरबाट कानुनको पालना हुनुपर्ने र वास्तविक सुकुम्बासीप्रति संवेदनशीलता देखाउनु आवश्यक भएको उहाँले बताउनुभयाे ।

उहाँले सामाजिक सञ्जालमा लेख्नुभएकाे छ, 'अचानक जाडोमा डोजर चलाएर परिवारको बिजोग गर्नु अगाडी नगरपालिका र संघीय सरकारले वास्तविक सुकुम्बासी पहिचान गरेर उनीहरूसँग के कस्ता संवाद गर्‍यो भन्ने नगरबासीलाई बुझाउनु जरुरी छ।'

उहाँले साथसाथै मेयर बालेन्द्र शाहको तारिफ समेत गर्नुभएकाे छ । उहाँले भन्नुभयाे, 'काठमाडौंको  मेयर  बालेन्द्र जीको आजसम्मको कामको जनताले प्रशंसा गरेका छन् ।  काठमाडौंको मेयरमा एउटा पक्का इमान्दार, पैसामा लोभ न राख्ने र केहि सकारात्मक काम गरु भन्ने  पढे लेखेको  नेता पाएको जनतामा छाप छ ।'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?