घाटी रेटिएको अवस्थामा एक पुरूषको सव फेला

अनिल पोखरेल सप्तरी, संवाददाता
Read Time = 1 min

कञ्चनरूप । सप्तरीको कञ्चनरूप नगरपालिका-१ स्थित बैरवामा घाटी रेटिएको अवस्थामा एक पुरूषको सव फेला परेको छ ।

स्थानीय बैरवा घर भएका अन्दाजी ४८ बर्षिया पप्पु भनिने सञ्जय राउतको घाटी रेटिएको अवस्थामा घर नजिकै रहेको पोखरीमा शव भेटिएको कञ्चनरूप प्रहरी प्रमुख डीएसपी रामकुमार यादवले बताउनुभयाे ।

घटनाको प्रकृति हेर्दा घाटी रेटेर हत्या गरिएको देखिएको प्रहरीले जनाएको छ । प्रहरीले तालिमप्राप्त कुकुर ल्याउने र थप अनुसन्धान गर्ने भएको छ ।’ स्थानीय गाउँलेका अनुसार मृतक गाउँघरमा व्याजमा रुपैयाँ लगानी गर्ने काम गर्थे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?