अग्ला टावर र ठूला एयरपोर्टले मात्र देश समन्नत हुँदैन : महामन्त्री शर्मा

फाइल तस्वीर

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अग्ला अग्ला टावरहरु छन्, ठूला ठूला एयरपोर्टहरुले देश समुन्नत नबन्ने बताउनुभएको छ ।

सोमवार काठमाडौंमा भएको ट्रेड युनियन काँग्रेसको ७ औंँ महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देश समुन्नत छ की छैन भनेर मापन गर्नेकुरा भनेको देशमा बाँचिरहेको श्रमीकले सास फर्ने अवस्था छ की भन्ने कुरालाई हेर्न आवश्यक रहेको बताउनु भयो । उहाँले श्रमीकले जीवन यापन सहज रुपमा गर्न नसकेसम्म देश समुन्नत हुन नसक्ने बताउनु भयो ।

उहाँले काँग्रेस संस्थापक नेता बिपी कोईरालाले श्रमीकको हक हीतका लागि १५ वर्षे खाका बनाएपनि काम गर्ने समय नपाएको र अहिलेका नेताहरुले समय पाएपनि काम गर्ने योजना बनाउन नसकेको बताउनु भयो । उहाँले यो देशलाई बनाउन सक्ने योजना र कार्यक्रम काँग्रेसले बनाइरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘कुनैपनि देश समुन्नत छ की छैन भन्नेकुराको पनि निश्चित मापदण्ड छ । त्यो भनेको सामान्यतया समुन्नत छ भन्दै गर्दा अग्ला अग्ला टावरहरु छन्, ठूला ठूला एयरपोर्टहरु छन्, भव्यभव्य महलहरु छन्, हाइवेहरु छन् एक हिसावले त्यो देशको समुन्नति भन्दा चित्र यो आउला । यो जरुरत त छ तर वास्तविक समुन्नतिको मापदण्ड त्यो होइन । त्यो देशमा बाँचिरहेको श्रमीकले सास फर्ने अवस्था छ की छैन, उसले जीवन निर्वाह गर्ने सहज वातावरण छ की छैन ? भन्नेकुराबाट मात्रै त्यो देशको समुन्नति मापन गर्न सकिन्छ । त्यसैले नै होला जननेता बिपी कोईरालाले आफू प्रधानमन्त्री भएको बेला जनतालाई केन्द्रमा राख्नुभयो र १५ वर्षको समुन्नतिको खाका बनाउनु भयो । बिपी कोईरालासँग सपना थियो, समय थिएन । हामीसँग समय छ त्यस किसिमको सपना छैन । हामीसँग व्यवस्थित सपना भएन । यो देशमा धरै कुरा भएको छ, गर्न धेरै बाँकी छ, यो देश बनाउन सकिन्छ र सतीको सराप भएको होइन, भगवान गौतमबुद्धको आशिर्वाद प्राप्त देश हो ।’

महामन्त्री शर्माले देशमा केही पनि भएको छैन भनेर निराश हुन नपर्ने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?