बझाङमा एमाले र कांग्रेसका उम्मेदवारबीच कडा प्रतिस्पर्धा, एमालेले लियो अग्रता

सुरेश धामी बझाङ, संवाददाता
Read Time = 1 min

बझाङ। बझाङको प्रदेश सभा १ मा भएको उपनिर्वाचनमा नेकपा एमाले र कांग्रेसका उम्मेदवारबीच कडा प्रतिस्पर्धा भएको छ ।

एमाले र कांग्रेस उम्मेदावरबीच उछिनापाछिन चलिरहेको छ । सुरुवाति निरन्तर अग्रता लिएको एमाले आइतबार मध्यरातदेखि विहानसम्म पछि परेको थियो । फेरि अहिले कांग्रेसका उम्मेदवार अभिषेक सिंहलाई पछि पार्दै एमाले उम्मेदवार दमन भण्डारी अगाडी बढेका छन् ।

एमालेका भण्डारीले ९ हजार ८८९ मत पाउँदा सिंहको ९ हजार ८८० मत पाएका छन् ।

माओवादी केन्द्रका उम्मेदवार जनक बुढाले ३६६३ र एकीकृत समाजवादीका उम्मेदवार दिल बहादुर सिंहले २४०५ मत ल्याएका छन् ।

अब तलकोट गाउँपालिकाको वडा नम्बर ४, ५, ६ र ७ त्यस्तै साईपाल गाउँपालिकाको वडा नम्बर १ देखि ५ सम्म सबै वडाको मतगणना गर्न बाँकी छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?