बैतडी । बैतडीमा एक युवतीको धारिलो हतियार प्रयोग गरि वीभत्स हत्या गरिएको अवस्था शव फेला परेको छ ।
जिल्लाको पञ्चेश्वर गाउँपालिका ४ का धनी लुहारकी २१ बर्षिय छोरी माया लुहारको घाँटीमा धारिलो हतियार प्रयोगगरि हत्या गरेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
शिवनाथ गाउँपालिकाको ६ को शिवनाथ मन्दिर नजिकै जंगलमा मायाको आधा घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता लोकराज जोशी बताउनुभयो ।
पञ्चेश्वर ४ कै भरत लुहारकी १५ बर्षिय छोरी नेहा लुहारको घाँटीमा धारिलो हतियार प्रयोगगरि गम्भिर अवस्थामा भेटिएकी छिन् । धारिलो हतियार प्रयोग गरी गम्भिर घाइते बनाएको अवस्थामा शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाको सिमानामा पर्ने लामाडाँगा भन्ने स्थानमा फेला परेकी हुन् । उनलाई स्थानीय र प्रहरीले उद्दार गरि उपचारका लागि धनगढी पठाइएको जोशीले बताउनुभयो ।
माया र नेहा मंगलबार लुगा सिलाउने भनी घरबाट गएका र राति अबेरसम्म पनि घर नफर्किएपछि खोजतलास गर्दा माया मृत अवस्थामा भेटिएकी र नेहा घाइते अवस्थामा भेटिएको हो । घटनास्थलमा प्रहरी नायव उपरिक्षक प्रेम बहादु शाहिको नेतृत्वमा जिल्ला अस्पतालका डाक्टर टोली खटिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच