शाखारहित बैंकिङ कारोबारमा सचेत हुन आग्रह

Read Time = 2 mins

काठमाडौं । नेपाल राष्ट्र बैंकले शाखारहित बैंकिङमा कडाइ गरेको छ । वित्तीय पहुँच विस्तार गर्ने बैंक/वित्तीय संस्थालाई शाखारहित बैंकिङमार्फत् सेवा प्रदान गर्दा बदमासी हुन थालेपछि कडाइ गरेको हो । केन्द्रीय बैंकले सर्वसाधारणलाई शाखारहित बैंकिङ सेवा प्रदान गर्ने बैंकका एजेन्टले जिम्मेवारीको दुरूपयोग गरेपछि बाहिर आएका वित्तीय अपराधलाई नियन्त्रण गर्न सर्वसाधारणलाई पनि सचेत गराएको छ ।
राष्ट्र बैंकले सर्वसाधारणलाई शाखारहित बैंकिङ सेवामार्फत् कारोबार गरिरहेका मानिसहरूले बैंक तथा वित्तीय संस्थाको आधिकारिक प्रतिनिधि र सहायक प्रतिनिधिमार्फत् मात्र तोकिएको सेवा केन्द्रमा गई कारोबार गर्न आग्रह गरेको छ । सेवाग्राहीले कुनै पनि कारोबार गर्दा विद्युतीय उपकरणमार्फत् भुक्तानी तथा निक्षेप जम्मा गर्नसमेत सुझाएको छ ।

कुनै पनि कारोबारपछि विद्युतीय उपकरणबाट प्राप्त हुने प्रिन्टेड स्लिप अनिवार्यरूपमा लिई आफूले गरेको कारोबारबमोजिम भए/नभएको यकिन गर्नुपर्ने, शाखारहित बैंकिङ कारोबारमार्फत् रकम जम्मा गर्दा, ऋणको किस्ता तिर्दा अथवा रकम झिक्दा आफूले कारोबार गरे अनुसार भए÷नभएको थाहा पाउनुपर्ने, व्यक्तिगत सम्बन्धका आधारमा कसैलाई बैंकमा रकम जम्मा गर्न दिएको भए त्यस्तो रकम सम्बन्धित खातामा जम्मा भए÷नभएको यकिन गर्नुपर्ने राष्ट्र बैंकको सुझाव छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?