उपन्यास ‘पल्पसा क्याफे’ बन्यो नाट्य कृति

रासस
Read Time = 2 mins

काठमाडौँ । लेखक नारायण वाग्लेको उपन्यास ‘पल्पसा क्याफे’ नाट्य कृतिका रूपमा प्रकाशन भएको छ ।

सन् २००५ मा प्रकाशित उपन्यास ‘पल्पसा क्याफे’ को नाट्य रुपान्तरण काठमाडौँ थापागाउँस्थित मण्डला थिएटरमा जारी अन्तर्राष्ट्रिय नाटक महोत्सवको क्रममा बुधबार सार्वजनिक गरिएको हो । लेखक वाग्लेको मदन पुरस्कार प्राप्त उक्त पुस्तकको नाट्य रूपान्तरण लेखक सुरज सुवेदीले गर्नुभएको हो ।

नाट्य रूपान्तरको अनुभव सुनाउँदै सुवेदीले उपन्यास भन्दा अगाडि पुगेर कथा वस्तुलाई नाटकका रूपमा तयार गरिएको जानकारी दिनुभयो । “उपन्यासको मर्म कायम राखेर नाटक बनाएका हौँ”, लेखक सुवेदीले भन्नुभयो, “नाट्य रूपान्तरणमा पात्रको संवाद, उपस्थिति पनि बढेको छ । यहाँ द्वन्द्वमा बेपत्ता भएकाको पर्खाइमा रहेका परिवारको माध्यमबाट कथा भनिएको छ ।”

कल्पनाशीलता प्रयोग गरिएका कारण पुस्तक उपन्यासजस्तै नरहेको समेत लेखक सुवेदीले प्रस्ट्याउनुभयो । उहाँका अनुसार उपन्यासमा दृश्य र पल्पसा प्रमुख पात्र थिए भने नाटकले उनीहरूलाई पर्खेर बसेकी हजुरआमाको कोणबाट कथा भनेको छ । यसका लागि उपन्यासकार वाग्लेले पूर्ण स्वतन्त्रता दिएको उहाँले बताउनुभयो ।

विमोचन कार्यक्रममा लेखक सुवेदी र कवि नवराज पराजुलीले पुस्तकको अंश वाचन गर्नुभएको थियो । उपन्यास ‘पल्पसा क्याफे’ अङ्ग्रेजी, कोरियन, फ्रेन्च र सिंहली भाषामा अनुवाद भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?