हारे पनि फ्रान्स अन्तिम १६ मा

Read Time = 4 mins

दोहा । समूहको अन्तिम खेलमा पराजय भोगे पनि साबिक विजेता फ्रान्स कतार विश्वकपको अन्तिम १६ मा पुगेको छ । समूह ‘डी’को अन्तिम खेलमा ट्युनिसियाले फ्रान्सलाई १-० ले पराजित गरेको थियो । जितका बाबजुद ट्युनिसिया भने अघि बढ्न सकेन । समूहको अर्को खेलमा अष्ट्रेलियाले डेनमार्कमाथि १-० को जित हासिल गर्दा ट्युनिसिया समूह चरणबाट बाहिरिएको हो ।

फ्रान्स र अष्ट्रेलियाले तीन खेलमा दुई जित र एक हारसहित ६ अंक जोडे । फ्रान्स गोल अन्तरमा अघि रहेर समूह विजेता बन्यो । ट्युनिसिया तीन खेलमा चार अंक जोड्दै समूहको तेस्रो स्थानमा सीमित रहेर प्रतियोगिताबाट बाहिरियो । डेनमार्क एक अंकसहित पुछारमा रहृयो ।
ट्युनिसियाले पहिलो खेलमा डेनमार्कलाई गोलरहित बराबरीमा रोकेको थियो । दोस्रो खेलमा अष्ट्रेलिया १-० ले विजयी भएपछि अन्तिम खेलमा फ्रान्ससँगको नतिजाले समीकरणमा असर गरेन । यदि अष्ट्रेलिया नजितेको भए ट्युनिसिया समूह उपविजेता हुने थियो ।

एजुकेसन सिटी रंगशालामा बुधबार राती भएको खेलमा ट्युनिसियाले अधिकांश दोस्रो रोजाइका खेलाडी उतारेको फ्रान्समाथि जित हात पारेको हो । दोस्रो हाफको ५८औँ मिनेटमा ट्युनिसियाले अग्रता लियो । कप्तान वाहृबी खाज्रीले खेलको निर्णायक गोल गर्नुभएको थियो । त्यसपछि खेलमा थप गोल हुन सकेन ।

उक्त गोल खाएपछि भने फ्रान्सले पहिलो रोजाइका खेलाडीलाई मैदान पठाएको थियो । किलियन एमबाप्पे, एन्टोइन ग्रिजमन र ओस्मान डेम्बेलाई मैदान उतारे पनि फ्रान्स गोल फर्काउन असफल रहृयो । इन्जुरी समयमा ग्रिजमनले गोल गरे पनि भिएआरले त्यसलाई अफसाइड घोषणा गर्‍यो ।

फ्रान्स हारका बाबजुद समूह विजेता बन्दा जितका बाबजुद ट्युनिसिया नकआउट चरणमा भने पुग्न सकेन । अर्को खेलमा अष्ट्रेलियाले डेनमार्कलाई हराएपछि ट्युनिसिया समूह चरणबाट बाहिरियो । फ्रान्स र अष्ट्रेलियाले तीन खेलमा दुई जित र एक हारसहित ६ अंक जोडे । फ्रान्स गोल अन्तरमा अघि रहेर समूह विजेता बन्यो । ट्युनिसिया तीन खेलमा चार अंक जोडे पनि समूहको तेस्रो स्थानमा सीमित रहेर प्रतियोगिताबाट बाहिरियो । डेनमार्क एक अंकसहित पुछारमा रहृयो ।

यता, अर्को खेलमा अष्ट्रेलियाले समूह ‘डी’ को अन्तिम खेलमा डेनमार्कलाई १-० ले पराजित गर्दै समूह उपविजेताका रूपमा अन्तिम १६ मा स्थान बनायो । पहिलो हाफ गोलरहित रहेपछि अष्ट्रेलियाले दोस्रो हाफमा गोल गर्‍यो । म्याथ्यु लेकीले ६०औँ मिनेटमा एकल प्रयासमा सानदार गोल गर्दै अग्रता दिलाउनुभयो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?