पाँच दिनपछि हुम्लामा हवाई उडान सुचारु

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 2 mins

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लामा पाँच दिनपछि हवाई उडान सुचारु भएको छ । लगातारको झरीसँगै बाक्लो हुस्सु लागेर मौसम खराब हुँदा हुम्लासहित कर्णालीका हिमाली जिल्लामा हवाई उडान अवरुद्ध भएको थियो ।

आइतबार उडान भरेका निजी जहाजले सोमबार विहानदेखि हुम्लामा रातिबाटै लगातार पानी परेका कारण जिल्लाको हवाई सेवा त्यसयता अवरुद्ध भएको थियो । शनिबार विहान जिल्लाको मौसम सफा हुँदा नेपालगञ्जबाट समिट एयरले पहिलो उडान सिमकोट भरेको हुम्लाका स्टेशन इन्चार्ज गोविन्द लामाले बताउनुभयो । बिहान दश बजेपछि मौसममा सुधार आउँदा निजी एयरलाइन्सहरूले उडान भर्न सफल भएका हुन् ।

हवाई सेवा सुचारु हुँदा जिल्ला बाहिर जाने यात्रु र जिल्लाभित्र आउने यात्रुलाई केही सहज भएको छ । जिल्लामा दैनिक भन्सारमा चाहिने कुखुरा, मासु, माछा, तरकारी, भित्रिएको छ । यो सँगै जिल्लामा पसल व्यवसायीको सामाग्री, निर्माण सामाग्री, खाद्यन्न भित्रीएको छ । नेपागगञ्जबाट समिट, सिता र तारा एयरले हुम्ला उडान भरेको सिमकोट विमानस्थलका प्रमुख महेन्द्र सिंहले बताउनुभयो । बिहान पानी पर्ने र दिउँसो हावा लाग्ने हुँदा हुम्लामा पाँच दिनसम्म उडान हुन नसकेको हो ।

उडान नभएपछि पाँच दिनअघि टिकट लिएका यात्रु नेपालगञ्ज विमानस्थमा रोकिनुपरेको थियो । भने शनिवार विहानबाट उडान हुँदा उनिहरुलाई सहज भएको छ । उडान हुँदा यात्रुलाई सहज भएको छ भने दैनिक उपभोग्य वस्तु र अन्य कार्गो सामान पनि ढुवानी हुन भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?