कानुन जति बन्नु पर्थ्याे त्यति बन्न सकेनन : राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

चितवन । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद्ले कानुन आवश्यकता अनुसार बनाउन नसकेको बताउनुभएको छ । यहाँ आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले धेरै कानुन अझै बन्न बाँकी रहेको बताउनुभयो ।

अध्यक्ष तिमिल्सिनाले आफ्नो कार्यकालमा राष्ट्रियसभामा कुनै पनि कानुन नबनेको र ढिलो गरिएको भन्ने कुरा सत्य नभएको बताउनुयभो । “सरकारले नै विधेयक ल्याउन सकेन”, उहाँले भन्नुभयो । राष्ट्रियसभामा आएका विधेयक कुनै पनि बाँकी नरहेको अध्यक्ष तिमिल्सिनाको भनाइ थियो ।

उहाँले भन्नुभयो, “राष्ट्रियसभामा आएका विधेयक सम्पूर्ण ढङ्गले समयमा नै पास गरेर पठाएका छौँ ।” सरकारले कानुन बनाउने कुरालाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने अध्यक्ष तिमिल्सिनाको भनाइ थियो । संसद्मा आएका विधेयक समयमा नै पास गरेर पठाउने गरेको हुँदा आफ्नो कार्यकाल सफल भएको उहाँले बताउनुभयो । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?