काठमाडौं । बलिउड निर्देशक विशाल देसाईको निर्देशनमा निर्माण हुने नेपाली चलचित्र ‘सायरा’ विश्वव्यापी रूपमा प्रदर्शन गरिने भएको छ । काठमाडौंमा चलचित्रका प्रस्तुतकर्ता रघु परियारले पावनी फिल्म्सका प्रबन्ध निर्देशक विशाल चौधरीसँग ‘वल्र्डवाइड रिलिज’ बारे सम्झौता गर्नुभएको छ । ‘पावनी फिल्मस्ले विश्वभर चलचित्रलाई प्रमोशन गर्नेछ । हामीलाई सिनेमा निर्माणमा यसले झनै मदत पुगेको छ’, प्रस्तुतकर्ता परियारले भन्नुभयो ।
पावनी फिल्मस्का प्रबन्ध निर्देशक चौधरीले नेपाली चलचित्रसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताउनुभयो । ‘नेपाली चलचित्रको मेकिङअनुसार अझै बजार पाउन सकेको छैन । यसैकारण पनि हामी नेपाली चलचित्रलाई विश्वभर प्रचारप्रसार गर्न आएका छौं । नेपाली-इण्डो सिनेमा भएकाले हामीले धेरै आश राखेका छौँ’, चौधरीले बताउनुभयो । आर्यन सिग्देल, सुफिया सिद्दिकी र कविता नेपालीको अभिनय रहने चलचित्रमा भारतीय अभिनेता तथा मोडल धानिष सोनी अनुबन्धित हुनुभएको छ ।
सोनीलाई चलचित्रमा प्रस्तुतकर्ता परियारसँगै निर्माता पुस्कर झा र कार्यकारी निर्माता काजीमान आत्रेयले अनुबन्धित गर्नुभएको हो । नेपाली व्यानर डिबीआर मेडिया एण्ड मुभिज प्रालि र आइविल प्रोडक्सन अष्ट्रेलियाको संयुक्त लगानी रहने ‘सायरा’ ९० प्रतिशत अष्ट्रेलिया र १० प्रतिशत नेपालमा छायांकन हुँदैछ । यसमा नेपाल र भारत दुवै देशका कलाकारको अभिनय रहनेछ ।
चलचित्रको कथा प्रस्तुतकर्ता परियार स्वयंको हो । उहाँले लभस्टोरी कथामा पूर्ण कमर्शियल चलचित्र निर्माण गर्न लागेको जानकारी गराउनुभयो । चलचित्रको छायांकन आउँदो वर्ष सन् २०२३ मा गरिनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच