बालयौन दुरुपयोगको आरोपमा गुल्मीमा एकजना पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

गुल्मी। गुल्मीमा बालयौन दुरुपयोगको आरोपमा एकजना व्यक्ति पक्राउ परेका छन् । पर्वतको बिहादी गाउँपालिका वडा नम्बर– ६ मा घर भई हाल गुल्मीको कालीगण्डकी गाउँपालिका वडा नम्बर– ६ मा बस्ने खिमप्रसाद भट्टराईलाई बालयौन दुरुपयोगको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।

भट्टराईलाई गुल्मी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी करणीसम्बन्धी कसुर (बालयौन दुरुपयोग) मुद्दामा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । घटनाका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?