लोप हुँदै तेल पेल्ने परम्परागत ‘दुनेडी’

हुम्लामा लोप हुँदै गएको ‘दुनेडी’ मा चुलीको तेल पेल्दै एक महिला ।

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 5 mins

हुम्ला । हिमाली जिल्ला हुम्लामा पछिल्लो समय परम्परागत तेल पेल्ने ‘दुनेडी’ कोल लोप हुन थालेको छ । प्रविधिको विकाससँगै हुम्लामा परम्परागत प्रविधिको आधारित दुनेडी लोप हुँदै गएको छ ।

केही वर्षयता जिल्लाको ग्रामीण भेगमा यातायातको सुविधा हुनुका साथै विद्युत्को विकाससँगै परम्परागत दुनेडी लोप हुँदै गएको सिमकोट-२ ठेहेका शंकर रावलले बताउनुभयो । रावलले भन्नुभयो, ‘सदरमुकाम सिमकोट नजिक छ, पछिल्लो समय मिलको प्रयोग हुन थालेपछि परम्परागत दुनेडी प्रयोगविहीन हुँदै गएको छ ।’ बजारमा पाइने विभिन्न किसिमका प्याकिङ गरिएका खाने धारा र स्वस्तिक तेल गाउँमा सहजै उपलब्ध हुनु र तेल पेल्न पनि मिलकै प्रयोग हुन थालेपछि परम्परागत दुनेडी प्रयोगविहीन बन्दै गएका हुन् ।’

हुम्लामा तेलहन बालीको खेती गर्ने प्रचलनमा कमी हुँदै छ । काठले बनाइएको दुनेडीमा विशेष गरी तोरी, ढटेलो, चुली, खाँबु, ओखर, लगायतका प्रयोग केही वर्ष अगाडिसम्म देखिने गरेकोमा अहिले छोडेको छ । यी फललाई दुनेडीमा महिलाले दुई हातले पिस्ने गर्दथे । यसको प्रयोगमा कमी आएको छ । दुनेडी प्रयोगमा कमी छ, भने योबाट तेल निस्किन्थ्यो । उसो त काठले बनेको तेल राख्ने ठेकीसमेत लोप हुँदै गएको पाइन्छ । यहाँका स्थानीयको तेल पेल्ने मुख्य माध्यमको रूपमा रहेका परम्परागत प्रविधिमा आधारित काठका दुनेडी एकपछि अर्काे गर्दै लोप हुन थालेका छन् । बजारमा पाइने विभिन्न किसिमका प्याकिङ गरिएका खाने तेल गाउँमा सजिलै पाइन थालेपछि यहाँका स्थानीयले दुनेडीलाई बेवास्ता गर्दै आएको सर्केगाड गाउँपालिका-७ निवासी भक्तबहादुर ऐडीले बताउनुभयो ।

ऐडीले भन्नुभयो, ‘भनेको बेलामा जहाँ पनि तेल पाउन थालेको छ, दिनभरिको मिहिनेत लगाएर कसले दुनेडी प्रयोग गर्छन् ? तेलका लागि दुनेडी लोप हँुदै गएको प्रति भने यहाँका बुढापाका चिन्तित हुन थालेका छन् । हुम्लालगायत पहाडी जिल्लामा विशेष अहिले तोरी खेतीमा पनि स्थानीय किसानको चासो दिनहुँ घट्न थालेको छ ।

कुनै समय आधाभन्दा बढी तेलहन बालीमा लागिपर्ने हाम्रो ठाउँमा पछिल्लो समय दुनेडी विस्थापित भएपछि र तेल सहजै पाउन थालेपछि किसानले यो खेती छोडेको चंखेली गाउँपालिकाकी अनरुपा बुढाले बताउनुभयो । बजार तथा विद्युत् भएका ठाउँमा तेल पेल्ने आधुनिक मेसिन अर्थात् मिल आएपछि यहाँका परम्परागत दुनेडी विस्थापित हुँदै गएको कतिपयको बुझाइ छ ।

केही वर्षअघि यस्ता दुनेडीको प्रयोग गर्ने हुम्ली प्रत्येकको घरमा हुन्थ्यो भने पछिल्लो समय हराउँदै गएको छ । यहाँका केही पुराना बुढापाकाले मात्रै दुनेडी बनाउँछन् भने नयाँ युवा पुस्तामा बचाइराख्न रुचि नभएको पाइन्छ । बजारमा पाउने प्याकेटका तेल खरिद गर्न तयार भए पनि यो पेसालाई जोगाइराख्न जागरूक नदेखिएको पाइन्छ । काठले बनाइएको दुनेडी कमैको घरमा मात्रै देखिने गरेको छ । उसो त अबका युवा पुस्तालाई दुनेडी के हो र बनाउनसमेत आउँदैन । केही केहीले मात्रै दुनेडी प्रयोग गरिरहेका छन् भने बढीजसो हुम्लीले मिलमा तेल पेल्दै आएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?