नेविसंघकै नेताले गरे केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाको पुत्ला दहन

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल विद्यार्थी संघ अध्यक्ष दुजाङ शेर्पाको पुत्ला दहन गरिएको छ ।

त्रिभूवन विश्व विद्यालयमा अध्ययनरत नेविसंघकै नेताहरूले शेर्पाको पुत्ला दहन गरेका हुन् ।

त्रिभुवन विश्वविद्यालयको अध्यक्षका लागि आधि दर्जन नेतालाई जिम्मेवारी दिएको पत्र सार्वजनिक भएपछि उनीसँग अवरुद्ध बनेका विद्यार्थी नेताहरूले शेर्पाको पुत्ला दहन गरेका हुन् ।

नेविसंघ त्रिभुवन विश्व विद्यालय समिति अध्यक्ष विष्णु बहादुर बडैलाले केन्द्रीय अध्यक्षबाट नेविसंघ त्रिविको ऐतिहासिक गरिमा र ओजमाथि नै प्रहार हुने काम भएको बताउनु भयो । शेर्पाको चिठ्ठी आतंकले नेविसंघप्रतिको आस्था र व्यवस्थापन क्षमतामाथि गम्भीर प्रश्न खडा गरेको बडैलाको आरोप छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?