काठमाडौं । सरकारले राष्ट्रियसभाको रिक्त सदस्यमा डा. अन्जान शाक्यलाई मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई मनोनीतका लागि सिफारिस गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिनुभयाे।
पूर्वराजदूत समेत रहनुभएकाे शाक्य यसअघि राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त हुनुभएकाे थियाे । उहाँ इजरायलका लागि राजदूत हुनुभएकाे थियाे ।
बैठकले संक्रमणकालीन न्यायसँग सम्बन्धी आयोगको अध्यक्ष नियुक्त गर्न सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ ।
साथै सुन्तलालाई राष्ट्रिय फलको रुपमा मान्यता दिने पनि आज बसेकाे मन्त्रिपरिषदले निर्णय गरेकाे उहाँले बताउनु भयाे ।
यस्तै सरकारले संसदको चालू अधिवेशन वैशाख २ गते मध्यराति देखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच