पाँच नेता जसलाई थोरै मतले संघीय संसद् आउने बाटो बन्द भयो

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । धेरै मतले हारजीत हुनुलाई स्वाभाविक नै लिन सकिएला । तर दुई सय कम मतले पराजय हुनु जति पीडा पराजित हुनेलाई मात्रै होला । यसपटकको निर्वाचनमा यस्तो दृश्य देखियो, जो तीन सयभन्दा कम मतले पराजित भए । रोचक त के भने, यी सबै विजयी उम्मेदवार फरक फरक प्रदेशका हुन् ।

लुम्बिनी प्रदेश

एमाले महासचिव शंकर पोखरेल जम्मा ११७ मतले मात्रै पराजित हुनु भयो । दाङ २ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका ‘हेभिवेट’ उम्मेदवार पोखरेल माओवादी केन्द्रकी रेखा शर्मासँग जम्मा ११७ मतले पराजित हुनु भएको हो ।

शर्माले २६ हजार आठ सय ७७ मत प्राप्त गरी प्रतिनिधिसभामा विजयी हुँदा पोखरेल २६ हजार ६ सय ८१ मत प्राप्त गरेर पराजित हुनु भयो । लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहनुभएका पोखरेलले दाङमा प्रदेश राजधानी बनाउने निर्णय गर्नुभएको थियो । तर, पोखरेललाई दाङवासीले पत्याइदिएनन् ।

बाग्मती प्रदेश

काठमाडौं १ मा रवीन्द्र मिश्रको अवस्था पनि त्यस्तै भयो । नेपाली कांग्रेसका प्रकाशमान सिंहले राप्रपाबाट उम्मेदवारी दिनुभएका मिश्रलाई जम्मा १३२ मतले पराजित गर्नुभयो । भावी प्रधानमन्त्रीको रूपमा आफ्नो दावी प्रस्तुत गरिरहनुभएको सिंहले यसअघि पनि मिश्रलाई एक हजारभन्दा कम मतान्तरले पराजित गर्नुभएको थिो। सिंहले ७१ सय ४३ मत प्राप्त गर्दा  मिश्रले ७०११ मत प्राप्त गर्नुभयोक ।

प्रदेश १ 

ताप्लेजुङमा एमाले सचिव योगेश भट्टराई झिनो मतान्तरले विजयी हनुु भयो । उहाँले जम्मा २०८ मतले मात्रै आफ्ना प्रतिद्वन्द्वीलाई संघीय संसद् आउने बाटो रोक्नुभयो । भट्टराईले २१९४३ मत प्राप्त गर्दा उहाँका निकट प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार खेलप्रसाद बुढाक्षेत्रीले २१७३५ मत मात्र ल्याउनुभयो ।

मधेस प्रदेश

एमालेका राजकुमार गुप्ता पनि झिनो मतान्तरले मात्रै विजयी हुनु भएको छ । गुप्ताले नेपाली कांग्रेसका सुरेन्द्र चौधरीलाई १५१ मतले मात्र पराजित गर्नुभयो । गुप्ताले २४२६० मत प्राप्त गर्दा चौधरीले २४०१९ मत ल्याउनु भयो ।

कर्णाली प्रदेश

दैलेख २ मा नेपाली कांग्रेसका उम्मेदवारले एमालेका उम्मेदवारलाई जम्मा एक सय ३५ मतले हराउनु भयो । कांग्रेसका दिक्पालकुमार शाहीले एमालेका लक्ष्मीप्रसाद पोखरेललाई एक सय ३५ मतले मात्रै पराजित गर्नुभयो । शाहीले २०१५८ मत ल्याउँदा  निकट प्रतिस्पर्धी पोखरेल २०००५ मतमा सीमित हुनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?