सुदूरपश्चिमको लगातार छैटौं जित

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । यु-१९ राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले लगातार छैटौं जित हात पारेको छ । शुक्रबार बागमती प्रदेशलाई सात विकेटले पराजित गर्दै सुदूरपश्चिमले फाइनलमा स्थान बनायो । जितका लागि बागमतीले दिएको १२५ रनको लक्ष्य सुदूरपश्चिमले १९.१ ओभरमा तीन विकेट गुमाउँदै भेट्टायो । सुदूरपश्चिमको जितमा अनुराग सिंह ४४ बलमा ६ चौकासहित ३९, मिलन बोहराले ३२ बलमा चार चौका र एक छक्कासहित ३३, दीपक बोहराले १७, र गजेन्द्र बोहराले १९ रन बनाउनुभयो । बागमतीका रोशन विकले दुई र प्रतीक श्रेष्ठले एक विकेट लिनुभयो ।

त्यसअघि मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको बागमतीले २८.४ ओभरमा १२४ रन बनाएको थियो । बागमतीका सक्षम बास्ताकोटीले ८२ बलमा पाँच चौकासहित ३३ रन, प्रतीक श्रेष्ठले ५० बलमा तीन चौका र तीन छक्कासहित ४४, रोशन विकले २४ बलमा एक चौका र चार छक्कासहित ३६ रन बनाउनुभयो । सुदूरका आकाश चन्दले ५.४ ओभरमा एक मेडनसहित १२ रन खर्चेर चार विकेट लिनुभयो । हेमन्त धामीले पाँच ओभरमा दुई मेडनसहित २२ रन खर्चेर तीन विकेट लिनुभयो ।

जितसँगै सुदूरपश्चिम ६ खेलमा १२ अंकका साथ शीर्ष स्थानमा रहृयो । लुम्बिनी पाँच खेलमा चारमा जित र एक मा हारसहित दोस्रो स्थानमा छ । बागमती ६ खेलमा चार मा जित र दुई मा हारसहित आठ अंक भए पनि तेस्रो स्थानमा रहृयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?