बाजुरा प्रदेशसभा (क) मा नेकपा एकीकृत समाजवादीका शाही विजयी

हिमालय टाइम्स
Read Time = 1 min

बाजुरा । बाजुराको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर (क) मा नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवार नरेश कुमार शाही विजयी हुनुभएको छ ।

शाहीले १० हजार ९ सय ७३ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार बल्देब रेग्मीले ८हजार ६ सय ३२ मत पाउनु भएको छ ।
शाही र रेग्मीबीच दुई हजार तीन सय ४१ मतान्तर रहेको छ । नेकपा माओवादी केन्द्रका उम्मेदवार कर्णबहादुर विकले एक हजार ९८मत प्राप्त गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?