डिएभी स्कुलमा तीनदिने न्युरो इनक्लुजन प्रशिक्षण

Read Time = 3 mins

काठमाडौं । डिएभी स्कुलले शिक्षकलाई लक्षित गर्दै तीनदिने न्युरो इनक्लुजन प्रशिक्षण एवं कार्यशाला गोष्ठी आयोजना गरेको छ । विश्वको जनसंख्याको २० प्रतिशत हिस्सा न्युरो डाइभरजेन्ट रहेको र उनीहरूको शिक्षण फरक ढंगबाट हुनुपर्ने मान्यता न्युरो डाइभरजेन्ट विज्ञको रहेको छ । सोहीअनुसार मुख्य प्रशिक्षक जोएल एस गोडीले न्युरो डाइभरजेन्ट विद्यार्थीको पहिचान, उनीहरूलाई आवश्यक शिक्षण विधि र प्रोत्साहनलगायतका विषय प्रस्तुत गर्नुभएको थियो ।

विश्वमा स्थापित शैक्षिक प्रणालीले बहुमत जनसंख्याको आवश्यकता सम्बोधन गर्न सफल भए पनि न्युरो इनक्लुजन धारणा विकसित राष्ट्रमा समेत नौलो रहेको फ्रान्सेली प्रशिक्षक क्याथेरिन गुइमार्डले बताउनुभयो । डिएभी स्कुलकी प्राचार्य डा. भुवनेश्वरी रावले विद्यालयमा हरेक विद्यार्थी खुशीका साथ पढ्ने अवसर पाउनुपर्ने आफ्नो मान्यता रहेको र न्युरो इनक्लुजन अवधारणाले विद्यार्थीको अन्तरनिहित क्षमता प्रस्फुटन गराउन सहयोग पुग्ने बताउनुभयो ।

एक अध्ययनअनुसार न्युरो डाइभरजेन्ट व्यक्तिको दिमाग अत्यन्तै सक्रिय रहने गर्दछ र जसलाई उनीहरूको रुचिअनुसार सही दिशा निर्देशन गर्न सके समाज, राष्ट्र र विश्वकै लागि अतुलनीय योगदान पु¥याउन सक्दछन् ।

अष्ट्रेलियाली प्रशिक्षक वाटाली फिलिप्स-फाउन्डर न्युरोगिगी र सारा लुइस फाउन्डर वार्यड डिफ्रेन्टली युके र स्विडेनी इलिजावेथ विकल्याण्डरले प्रशिक्षण दिनुभएको थियो । डिएभी स्कुलका अध्यक्ष अनिल केडियाले आगामी शैक्षिक सत्रदेखि न्युरो डाइभरजेन्ट पाठ्यक्रम तयार पारी शिक्षण प्रक्रिया अघि बढाइने बताउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?