धादिङमा समानुपातिकतर्फ एमाले पहिलो दल, प्रत्यक्षतर्फ शून्य

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 4 mins

धादिङ । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा धादिङमा नयाँ अनुहारहरूको उदय भएको छ । हरेक निर्वाचनमा मतदाताहरूले पुराना उम्मेदवार छान्दा मतदाताले सास्ती खेप्न बाध्य थिए । तर, २०७९ मंसिर ४ गते सम्पन्न निर्वाचनमा धादिङका मतदाताहरूले पुराना उम्मेदवारहरूलाई नमज्जाले पछारिदिएका छन् ।

धादिङमा समानुपातिकतर्फ ४१ हजार ८८ मत प्राप्त गरी नेकपा एमाले पहिलो पार्टी बनेको छ । तर, प्रत्यक्षतर्फको जित भने शून्य रहेको छ । दोस्रोमा नेपाली कांग्रेसले ३७ हजार ५२४ मत प्राप्त ग¥यो । कांग्रेसले प्रत्यक्षतर्फ भने धादिङमा ठूलो सफलता प्राप्त गरेको छ । कांग्रेसले संघीय सांसदसहित दुईजना प्रदेश सांसदसमेत जितेको छ । नेकपा एमालेले प्रत्यक्षतर्फ ६ सिटमध्ये पाँच सिटका लागि उम्मेदवार उठाएको थियो । तर, जित भने शून्य छ, कारण पार्टीको नेतृत्व गर्ने नेताहरूले पुराना उम्मेदवारलाई मात्र पहिलो प्राथमिकता दिनु, नयाँलाई अपमान गर्नुको परिणाम हो भन्दा फरक नपर्ला ।

नेकपा एमालेको चार किल्ला मानिने धादिङमा यस वर्षको निर्वाचनमा भने नेपाली कांग्रेसले बाजी मारेको छ । नेपाली कांग्रेस धादिङका जिल्ला सभापतिसमेत रहनुभएका रामनाथ अधिकारीले नेकपा एमाले र राप्रपाका साझा उम्मेदवार नेकपा एमालेका खेमप्रसाद लोहनीलाई १० हजार ५३३ मत अन्तरले पराजित गर्नुभयो । मत परिणामअनुसार कांग्रेसका अधिकारीले ३४ हजार ४८३ मत ल्याउनुभएको थियो भने एमालेका लोहनीले २३ हजार ९५० मत ल्याउनुभएको छ ।

तेस्रोमा नेकपा माओवादी केन्द्रले २७ हजार २८८ मत प्राप्त गर्दा प्रदेशतर्फ दुई क्षेत्रमा उम्मेदवार उठाएको माओवादीले एक क्षेत्र गुमायो भने एकमा जित हासिल गरेको छ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले १५ हजार ७५५ मत ल्याउँदै चौथो पार्टी बन्यो तर यस पार्टीले प्रत्यक्षतर्फ सम्मानजनक मत ल्याए पनि जित हासिल गर्न सकेन । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले १० हजार ०५३ मत ल्याई पाँचौँ पार्टी बन्दा प्रत्यक्षतर्फ एक सिट जित्न सफल रहृयो ।

नेकपा एकीकृत समाजवादीले धादिङमा आठ हजार ४२९ मत प्राप्त गर्दा धादिङ एकमा लोकप्रिय मतका साथ विजयी बन्यो । कुल दुई लाख ६५ हजार ९९६ मतदाता रहेको धादिङ जिल्लामा प्रतिनिधिसभा समानुपातिकतर्फ खसेको एक लाख ५१ हजार २०६ मतमध्ये ६ हजार ६१० मत बदर भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?