कार्यपालिकाको निर्णय प्रभावकारी बन्दै

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 4 mins

गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका बाख्रेछेडाका थानेश्वर पोखरेल उमेरले ७० वर्ष पुग्नुभयो । बुढौली उमेरले च्यापेसँगै आँखामा समस्या देखिन थाल्यो । प्रष्टै देखिने वस्तुहरु सजिलै ठम्याउन निकै मुस्किल पथ्र्यो । तर अहिले उहाँलाई सजिलो भएको छ । पहिला प्रष्टै देख्न मुस्किल पर्ने वस्तुहरु सजिलै ठम्याउन सक्नुहुन्छ । उहाँको आँखाको ज्योति फर्काउन रेसुङ्गा नगरपालिका सहयोगी बनेर आयो ।

रेसुङ्गा नगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आइसकेपछि नगर कार्यापालिकाको पहिलो बैठकले निःशुल्क आँखाको उपचार गरिदिने निर्णय ग¥र्यो । सोही निर्णय अनुसार पोखरेलले पनि निःशुल्क रुपमा आँखाको उपचार गराउनुभयो । फेरी पहिला जस्तै आँखाले प्रष्ट देख्न थालेपछि उहाँलाई खुसीको सिमा नै छैन् । नेपाल नेत्र ज्योति संघ जिल्ला आँखा उपचार केन्द्रमा समय–समयमा शिविर नै सञ्चालन गरी आँखाको उपचार गर्ने गरिन्छ ।

शिविरमा पुग्नुभएका रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीलाई भेटेर खुसी व्यक्त गर्दै उहाँले नगरपालिकाको यो निर्णय अरु पालिकाले पनि अनुशरण गर्नुपर्ने बताउनुभयो । पोखरलले न्यून आर्थिक अवस्था भएकालाई निकै ठुलो राहत मिलेको समेत प्रतिक्रिया दिनुभयो ।

नेपाल नेत्र ज्योति संघ जिल्ला आँखा उपचार केन्द्र तम्घास गुल्मीसँग सम्झौता नै गरी यस नगरपालिका भित्र रहेका नागरिकहरुको निःशुल्क आँखाको उपचार गरिएको नगर प्रमुख पन्थीले बताउनुभयो । “आँखाको मोतियाबिन्दुको शल्यक्रिया भएपछि चस्मा लगाएर बृद्ध बुवाआमाहरुले आँखाले प्रष्ट रुपमा देख्न सक्नुभएको छ ।” नगरप्रमुख पन्थीले भन्नुभयो, “यो एउटा महत्वपूर्ण काम हो । गरिब, दिनदुखी, बृद्ध बुवाआमाहरु र नागरिकको पक्षमा काम गर्न आएका हौं । सधै रेसुङ्गाबासी नागरिकको पक्षमा काम गनेछौं ।”

रेसुङ्गा नगरपालिका नगर कार्यापालिकाको निर्णय अहिले प्रभावकारी बन्दै गएको छ । नगरपालिकामा नयाँ जनप्रतिनिधि निर्वाचित भएर आइसकेपछि नगर कार्यापालिकाको पहिलो बैठकले यस नगरपालिका भित्र रहेका नागरिकहरुको निःशुल्क उपचार गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार यस नगरपालिका भित्रका नागरिकहरुको आँखाको निःशुल्क उपचार गरिएको नगरप्रमुख पन्थीले बताउनुभयो ।

जिल्लामा रहेका सबै पालिकाहरुले पनि यस प्रकारको कार्यक्रमलाई प्राथमिकता राखे जिल्ला भरीकै आँखाका बिरामी बृद्ध बुवा आमाहरुले सजिलै उपचार प्राप्त गर्न सहज हुने सुझाव समेत व्यक्त गर्नुभयो । अहिलेसम्म नगरपालिकासँगको समन्वयमा नेपाल नेत्र ज्योति संघ गुल्मीले ४६ जनाको निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया गरेको नेत्र अधिृकत सूर्य बहादुर बस्नेतले जानकारी दिनुभयो । नगरपालिकाको यो निर्णयप्रति नागरिकहरु पनि उत्साहित देखिएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?