भारतमा यस वर्ष चट्याङबाट ९०७ जनाको मृत्यु

हिमालय टाइम्स
Read Time = 2 mins

नयाँ दिल्ली । भारतले यस वर्ष गर्मीको लहर र चट्याङ जस्ता चरम मौसमी घटनाहरूमा ठूलो उछाल देखेको छ । चरम मौसमी घटनामा भएका मृत्यु तीन वर्ष यताकै उच्च बिन्दुमा पुगेको सरकारी तथ्यांकले देखाएको छ । बढ्दो मृत्युमा वैज्ञानिकहरूले जलवायु परिवर्तनलाई दोष दिएका छन् ।  चट्याङका कारण भारतमा यो वर्ष ९०७ जनाको मृत्यु भएको छ ।

यस वर्ष गत महिनासम्म गर्मीको लहर र चट्याङ जस्ता घटनाका कारण २ हजार १८३ जनाको मृत्यु भएको छ । यो संख्या सन् २०१९ (३,०१७ जनाको मृत्यु) पछिको उच्च हो ।  भारतमा यो वर्ष भएका मृत्यु मध्ये ७८ प्रतिशत मृत्युमा चट्याङ, बाढी र भारी वर्षा जिम्मेवार रहेको तथ्यांकले देखाएको छ ।

भारतको मनसुन सिजनको तापक्रम यस शताब्दीमा बढेको  र देशले भविष्यमा लगातार गर्मीको लहरहरू देख्न सक्ने सरकारले अगस्टमा जानकारी दिएको थियो । भारत विश्वको तेस्रो ठूलो कार्बन प्रदूषक हो, यद्यपि यसको प्रतिव्यक्ति उत्सर्जन अन्य विकसित देशहरूको तुलनामा धेरै कम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?