चौधरी ग्रुपद्वारा निर्मित मिडिल मोदीको उत्पादन सुरु

Read Time = 2 mins

काठमाडौं । चौधरी ग्रुपद्वारा प्रवद्र्धित १८ मेगावाटको मिडिल मोदी जलविद्युत् आयोजना सम्पन्न भएको छ । मोदी खोलामा निर्माण भएको आयोजनाबाट परीक्षण उत्पादन सुरु भएको छ । १५ दिन परीक्षण उत्पादनपछि नियमित उत्पादन सुरू हुने चौधरी ग्रुपले जनाएको छ ।

मिडिल मोदी जलविद्युत् आयोजना चौधरी ग्रुपले लगानी गरेको पहिलो आयोजना हो । ग्रुपले अघि बढाएको आयोजना सम्पन्न भएकोमा ग्रुुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले खुशी व्यक्त गर्दै नेपालको जलविद्युत् उत्पादनमा निजी क्षेत्रले उल्लेख्य योगदान गर्न सक्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘बिजुलीको अत्यधिक खपत हुने ड्राइ सिजनमा आयोजना सकिएर केन्द्रीय प्रसारण लाइनमा जोडिएकोमा हामी खुशी छौँ, यसबाट देशको आर्थिक विकासमा सकारात्मक योगदान पुग्नेछ ।

आर्थिक विकासका लागि पूर्वाधारमा गरिने लगानीले निकै महत्वपूर्ण अर्थ राख्छ ।’ पर्वतको मोदी गाउँपालिका-२ केंगामा पावर हाउस निर्माण गरिएको आयोजनाको बाँध कास्कीको अन्नपूर्ण गाउँपालिका-३ वीरेठाँटीमा रहेको छ । आयोजनामा दुई हजार तीन सय ९३ मिटर लामो सुरुङमार्फत् मोदी खोलाको पानी खसालिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?