आन्तरिक विवादबीच राजनीतिक दलहरूले बुझाए समानुपातिक सांसदको नाम

अनिल क्षेत्री
Read Time = 16 mins

काठमाडौं । राजनीतिक दलहरूले प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिक तर्फका उम्मेदवारहरूको नाम सिफारिस गरेका छन् । आन्तरिक विवाद र रस्साकस्सीबीच राष्ट्रिय दलको मान्यता प्राप्त सात राजनीतिक दल र प्रदेशमा समानुपातिक थ्रेसहोल्ड कटाएका सबै राजनीतिक दलहरूले समानुपातिकमा प्राप्त सिटका आधारमा समानुपातिक बन्दसूचीको आधारमा नामहरू सिफारिस गरेका हुन् ।

निर्वाचन आयोगले शनिबार ४ बजेभित्र समानुपातिक सांसदको नाम बुझाउन निर्देशन दिएको थियो । निर्वाचन आयोगले दलहरूलाई प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक तर्फका सांसदको सूची क्लष्टर मिलाएर पठाउन निर्देशन दिएको थियो । आयोगको निर्देशनअनुसार नामहरू टुंगो लगाउन दलहरू दिनभरजसो पार्टीको आन्तरिक छलफलमा व्यस्त भए ।

समानुपातिक नाम सिफारिसमा सबैजसो राजनीतिक दलहरूमा विवाद देखिएको छ । आकांक्षी धेरै तर प्राप्त सिट थोरै भएपछि दलहरूमा विवाद देखिएको हो । संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले विवादबीच प्रतिनिधिसभामा समानुपातिकतर्फ पाएको ३२ सिटमा सांसदहरूको नाम टुंगो लगाएको छ । बन्दसूचीबाट समावेशिताको आधारमा सांसदको नाम टुंगो लगाएको कांग्रेसले जनाएको छ ।

कांग्रेसबाट सिफारिस ३२ जना सांसद
आदिवासी जनजातितर्फ
१.सरस्वती बजिमय
२.लिलादेवी बोखिम
३.सीता कुमारी राना
४.सुशीला थिङ
५.सपना राजभण्डारी
६.माया राई
७.कुसुम थापामगर
८.मनोरमा सेरचन

खस/आर्यतर्फ
१.अम्बिका बस्नेत
२.सरिता प्रसाईं
३.आरजु राणा देउवा
४.ईश्वरी न्यौपाने
५.प्रतिमा गौतम
६.मञ्जु खाँण
७.रमा कोइराला पौडेल
८.कान्तिका सेजुवाल
९.मैना रावल कार्की

मधेसीतर्फ
१.नागिना यादव
२.मुक्ता कुमारी यादव
३.चन्दा चौधरी
४.संगिता मण्डल
५.निनुकुमारी कर्ण

दलिततर्फ
१.शान्ति विक
२.रुपा विक
३.सीता मिजार
४.आशा विक

थारूतर्फ
१.कल्पना चौधरी
२.विना कुमारी थनेत

मुस्लिमतर्फ
१.जावेदा खातुन् जागा

तीनजना पुरुषबाट
१.जीवन परियार
२.विमलेन्द्र निधि
३.डा.प्रकाशशरण महत

एमालेका समानुपातिक सांसद : एकनाथ ढकालदेखि सुनीता बरालसम्म
नेकपा एमालेले प्रतिनिधिसभा तर्फको समानुपातिक सांसदको नाम सिफारिस गरेको छ । पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले २२ महिला र १२ पुरुष गरी ३४ सांसदको नाम टुंगो लगाएको हो । एमालेको समानुपातिक सूचीमा एकनाथ ढकालदेखि सुनिता बराल सम्मलाई अटाइएको छ ।

एमालेबाट सिफारिस समानुपातिक सांसद
आदिवासी जनजाति
पुरुष
१.देवीप्रसाद भट्ट चन्द
२.हेमराज राई
३.कालुराम राई

महिला
१.नैनकला थापा मगर
२.सूर्यकुमारी श्रेष्ठ
३.उर्मिला थेवे
४.ईश्वरी घर्ती
५.रणकुमारी बलम्पाकी मगर
६.शान्ति श्रेष्ठ
७.सरस्वती सुब्बा

खस आर्यतर्फ
पुरुष
१.रघुजी पन्त
२.एकनाथ ढकाल
३.दयालबहादुर शाही

महिला
१.मेनुकाकुमारी पोखरेल
२.सरिता भुसाल
३.शोभा ज्ञवाली
४.विजुला रायमाझी
५.निर्मला कोइराला
६.सम्झना थपलिया
७.दिपा शर्मा
८.सुनिता बराल

थारू महिला
१.आश्मा कुमारी चौधरी
२.शान्ति चौधरी

दलित (पुरुष)
१.ईश्वरबहादुर रिजाल
२.प्रभु हजारा पासवान
३.चन्द्रबहादुर विश्वकर्मा

महिला
१.रुकमणी राणा बराइली
२.हर्कमाया विश्वकर्मा

मधेसी (पुरुष)
१.गंगा प्रसाद यादव
२.अमृतराज लालवंशी

महिला
१.विना देवी
२.अमृतादेवि अग्रहरी
३.प्रतिक्षा तिवारी मुखिया

मुस्लिम
१.सराज अहमद फारखी

माओवादी केन्द्रबाट सिफारिस १४ जना सांसद
नेकपा माओवादी केन्द्रको शनिबार बसेको पादधिकारी बैठकले प्रतिनिधिसभा तर्फको १४ समानुपातिक सांसदहरूको टुंगो लगाएको छ । शनिबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले १४ समानुपातिक सांसदहरूको टुंगो लगाएको हो । बैठकले टुंगो लगाएका नामहरूलाई पार्टी महासचिव देव गुरुङले निर्वाचन आयोगमा पुगेर बुझाउनुभएको थियो ।
यी हुन् सिफारिस भएका नामहरू-

आदिवासी महिला
१.दुर्गा राई
२.मिना तामाङ
३.उर्मिला माझी पौडेल
४.छिरिङ ल्यामु लामा तामाङ

खस आर्य
१.हितराज पाण्डे (पुरुष)

महिला
१.ज्ञानु बस्नेत सुवेदी
२.विमला सुवेदी
३.नारायणी शर्मा
४.रुपासोसी चौधरी (थारू)

दलित
१.रणेन्द्र बराली
२.सुशीला श्रीपाली ठकुरी

मधेशी
१.मीना यादव
२.उमरावती देवी यादव
पिछडिएको क्षेत्र
१.कल्पना मियाँ

राष्ट्रिय स्वतन्त्र पार्टीबाट सिफारिस भएका सांसदहरू
राष्ट्रिय स्वतन्त्र पार्टीले पनि समानुपातिक सांसदको टुंगो लगाएको छ । शनिवार बसेको केन्द्रीय समितिको बैठकले समावेशिताको सिद्धान्तका आधारमा बन्द सूचीमा अग्रस्थानमा रहेकाहरूलाई छनोट गरेको हो । रास्वपाका १३ जना समानुपातिक सांसद यसप्रकार छन् ।

दलित
१.सन्तोष परियार
२.शिव नेपाली

आदिवासी/जनजाति
१.डा.ढाकाकुमार श्रेष्ठ
२.इन्दिरा रानामगर
३.सुमना श्रेष्ठ

खस आर्य
१.डा.चन्दा कार्की
२.डोलप्रसाद अर्याल
३.निशा डाँगी
४.विनीता कठायत

मधेसी
१.लक्ष्मी तिवारी
२.मनिष झा

थारू
१.अशोककुमार चौधरी

मुस्लिम
१.असिम साह

जसपाबाट समानुपातिकमा को-को छानिए ?
जनता समाजवादी पार्टी (जसपा) नेपालले समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित हुने सांसदहरूको नाम निर्वाचन आयोगमा बुझाएको छ । शनिबार उनीहरूको नामावली बुझाएको हो । यही मंसिर ४ गते भएको निर्वाचन जसपा प्रतिनिधिसभामा छैटौँ दल बनेको छ । जसपाले समानुपातिकबाट प्रतिनिसभातर्फ पाँच र प्रदेशसभातर्फ नौ सिट जितेको छ ।

प्रतिनिधिसभातर्फ जसपाबाट छानिएका सांसद
१. प्रकाश अधिकारी
२. सुशीला श्रेष्ठ
३. रेखा यादव
४. रञ्जु ठाकुर
५. सहनाज रहमान
पार्टीले टुंगो लगाएको नामावली पेस गरेपछि आयोगले रुजु गरी ठिक भएमा निर्वाचित भएको घोषणा गर्नेछ । आयोगले दलहरूले बुझाएको समानुपातिक बन्दसूचीबाट निर्वाचित हुने सांसदको नामावली क्लष्टर मिलाएर शनिबार अपराह्नसम्म बुझाउन समयसीमा तोकेको थियो ।

राप्रपाबाट समानुपातिकतर्फ छानिएका सांसद
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित हुने सांसदहरूको नाम टुंगो लगाएको छ । शनिबार उनीहरूको नामावली टुंगो लगाएको हो । यही मंसिर ४ गते भएको निर्वाचनबाट राप्रपा प्रतिनिधिसभामा पाँचौँ दल बनेको छ । राप्रपाले समानुपातिकबाट प्रतिनिसभातर्फ सात र प्रदेशसभातर्फ १७ सिट जितेको छ ।
१. पशुपतिशमशेर जबरा
२. बुद्धिमान तामाङ
३. रोशन कार्की
४. गीता बस्नेत
५. बीना लामा
६. बीना जैसवाल
७. अनिषा नेपाली
राप्रपाले समानुपातिक सांसदहरूको नाम औपचारिक रूपमा भने सार्वजनिक गरेको छैन ।

जनमत पार्टीबाट छानिएका समानुपातिक सांसद
जनमत पार्टीले समानुपातिकमा पाएको सिटमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको नामावली टुंगो शुक्रबार नै लगाएको थियो । काठमाडौंको कोटेश्वरस्थित होटेल तपोवनमा सम्पन्न केन्द्रीय समितिको बैठकले समानुपातिक सांसदको नाम टुंगो लगाएको थियोे । बैठकले प्रतिनिधिसभामा पाँच जनाको नाम टुंगो लगाएको हो । निर्वाचन आयोगमा पेस गरेको सांसदको क्लष्टरमा चारजना महिला समेटिएका छन् भने एकजना मुस्लिम समुदायका छन् ।

सिफारिस नामहरू :
१.अनितादेवी साह
२.सोनु मुर्मु
३.विनिताकुमारी सिंह
४.गोमा सापकोटा
५.अब्दुल खान
दुईजना आदिवासी जनजाति, एक मधेसी, एक खस–आर्य र एकजना मुस्लिम समुदायको प्रतिनिधित्व रहेको जनमत पार्टीले जनाएको छ । जनमतले मधेश प्रदेशतर्फ समानुपातिकबाट बाँडफाँड गरी प्राप्त गरेको सिटमा नाम टुंगो लगाएको छ । मधेसी महिलाबाट बिबता राउत, अल्पसंख्यकबाट पार्टीका महासचिव चन्दन सिंह, दलितबाट रञ्जुकुमारी खंग (खत्वे), मधेसी महिलामा अनिताकुमारी साह, मधेसी पुरुषमा पार्टीका उपाध्यक्ष वसन्तकुमार कुशवाह, मुस्लिममा हसिना खातुन र आदिवासी जनजातिमा भाग्यश्रीकुमारी चौधरीलाई पठाएको छ । यस्तै, लुम्बिनी प्रदेशमा समानुपातिकतर्फ पाएको दुई सिटमा खस–आर्यबाट सुमन रायमाझी र आदिवासी जनजातिबाट गीता गुरुङको नाम सिफारिस गरेको छ ।

मंसिर २६ मा समानुपातिक तर्फका सांसदहरू निर्वाचित भएको घोषणा हुने
निर्वाचन आयोगले मंसिर २६ गते (सोमबार) सम्म समानुपातिक तर्फका सांसदहरू निर्वाचित भएको घोषणा गर्ने भएको छ । राजनीतिक दलहरूले शनिबार बुझाएको नामावली जाँचबुझ गरी सोमबार समानुपातिक तर्फका सांसदहरू निर्वाचित भएको घोषणा हुने निर्वाचन आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले जानकारी दिनुभयो । हालै सम्पन्न निर्वाचनमा संघीय संसद्मा नेकपा एमालेले ३४, नेपाली कांग्रेसले ३२, माओवादी केन्द्रले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७, जनता समाजवादी पार्टी र जनमत पार्टीले पाँच÷पाँच सिट समानुपातिकतर्फ सिट संख्या प्राप्त गरेका थिए ।

निर्वाचन आयोगले समानुपातिक तर्फबाट सांसदहरू पनि निर्वाचित भएको एक हप्ताभित्र निर्वाचनसम्बन्धी सम्पूर्ण प्रतिवेदन राष्ट्रपति विद्या भण्डारीसमक्ष बुझाउने स्पष्ट पारेको छ । आयोगका सहसचिव भट्टराईले समानुपातिक तर्फको सांसदहरू निर्वाचित भएको घोषणा भएको मितिले सात दिनभित्र राष्ट्रपतिसमक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन बुझाई सक्नुपर्ने कानुनी व्यवस्था भएकाले सोहीअनुसार काम गर्ने बताउनुभयो ।

एकीकृत समाजवादीबाट प्रदेश समानुपातिक सांसदको नाम सिफारिस
प्रतिनिधिसभामा थ्रेसहोल्ड पार गर्न नसकेको नेकपा एकीकृत समाजवादीले प्रदेससभाका लागि समानुपातिकतर्फ निर्वाचित सांसदहरूको नाम निर्वाचन आयोगमा सिफारिस गरेको छ । जसअनुसार प्रदेश १ मा विद्या चाम्लिङ राई, मधेश प्रदेशमा रत्नेश्वर गोइत यादव, किशोरी देवी र लक्ष्मी देवीको नाम सिफारिस गरेको छ । यस्तै, बागमती प्रदेशमा मायादेवी शर्मा र ओमकुमार श्रेष्ठ छनोट हुनुभएको छ ।

लुम्बिनी प्रदेशमा भगवती अधिकारी, कर्णाली प्रदेशमा कल्याणी खड्का र सुदूरपश्चिममा माया पन्तको नाम सिफारिस भएको छ । मंसिर ४ गतेको निर्वाचनमा समानुपातिकतर्फ प्राप्त गरेको मतअनुसार एकीकृत समाजवादी पार्टीले प्रदेश १, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा प्रदेशमा एक–एकजना, मधेश प्रदेशमा तीन र बागमतीमा दुई सिट जितेको थियो । उक्त पार्टीले गण्डकी प्रदेशमा थ्रेसहोल्ड कटाए पनि सदस्य निर्वाचित गर्न आवश्यक मत पुर्‍याउन सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?