हाम्रो ओठका अनेक विशेषता

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । मानिसको शरीरका विभिन्न अंगहरूमध्ये ओठ पनि एक महत्वपूर्ण अंग हो । यसलाई सुन्दरताको प्रतीकसमेत मानिन्छ । प्रायः केटीहरूको ओठले उनीहरूको सुन्दरता निखार्न मद्दत गर्दछ । ओठ मानिसको मुखको बाहिरी भाग हो । यो नरम, चलायमान तथा संवेदनशील अंग हो र यो आवाज निकाल्नका लागि सहयोगी अंग हो ।

बेलायतस्थित लोबोरो युनिभिर्सिटीमा हृयुमन बायोलोजीका प्राध्यापक नोएल क्यामरनले ओठ निकै संवेदनशील र नाजुक हुने भन्दै यसको सबैभन्दा बढी उपयोग खाना खान, सास फेर्न र बोल्न मद्दत गर्नु रहेको बताउनुभएको छ । ओठभित्र १० लाख सूक्ष्म नलीको अन्त्य जोडिएको हुन्छ । त्यसैले यो छुँदा सक्रिय हुन्छ र तापक्रम तथा हृयुमिडिटी फेरिँदा यो सुक्न थाल्छ ।

ओठको छाला हल्का रङको हुन्छ । यसमा मिलेनोसाइट्सको संख्या कम हुन्छ । मिलेनोसाइट्समा मिलेनिन पिगमेन्ट्स हुन्छन्, जसले छालालाई रङ प्रदान गर्छन् । यसका कारण छालाले रातो वा गुलावी रङ पाउँछ । ओठको छाला हल्का हुन्छ त्यसैले त्यसको पिगमेन्टेसन बढी देखिन्छ । त्यो रातो रङको देखिन्छ । यसको एउटा ठूलो कारण के पनि हो भने हल्का छालाको पछाडि लाखौँ रगतका नली हुन्छन् जुन रातो रङको हुन्छ । त्यसले पनि ओठलाई रातो देखाउँछ ।

ओठ बोल्न, खान र सास लिनका लागि प्रयोगसँगै सबैभन्दा बढी चुम्बन गर्नमा प्रयोग गरिन्छ । ओठ शरीरको उत्तेजक अंगमध्ये एक हो । यसका लागि मानिस एक-अर्काप्रति आकर्षित हुनुपर्छ । यस्तै मुस्कान सबैभन्दा राम्रो अभिवादन हो । जुन यही ओठबाट मात्रै सम्भव छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?