सेयरमा उच्च गिरावट

Read Time = 4 mins

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार उच्च अंकले घटेको छ । नेप्से परिसूचक ३१.९७ अंकले घटेर १८८५.३१ अंकमा झरेको हो । सेन्सेटिभ इण्डेक्स पनि ६.२८ अंक घटेर ३६७.३६ अंकमा झरेको छ । यस दिन दुई सय ५३ कम्पनीका ३५ लाख १२ हजार आठ सय ३४ कित्ता सेयर एक अर्ब १० करोड ३४ लाख चार हजार रुपैयाँमा कारोबार भएको छ । कारोबारमा २५ कम्पनीको सेयर मूल्य बढेको छ भने एक सय ८० कम्पनीको मूल्य घटेको छ ।

सबैभन्दा धेरै निर्जीवन बीमा समूहको सूचक ९८.४० अंक र उत्पादनमूलकको ८२ अंकले घटेको छ भने बैंकिङ ३०.८० अंक, विकास बैंक ४७.९१ अंक, वित्त २०.९९ अंक र होटल तथा पर्यटन २७.६१ अंकले घटेको छ । त्यस्तै, जलविद्युत् २६.६१ अंक, लगानी ०.६९ अंक, जीवन बीमा ७८.४४ अंक, लघुवित्त ५५.३४ अंक, म्युचुअल फण्ड ०.१३ अंक र अन्य २१.०८ अंकले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।

सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । समिट लघुवित्तको सेयर मूल्य ९.९९, मैलुङ खोला जलविद्युत्को ९.५० अंकले बढेको छ । ग्लोबल आइएमईको ब्यालेन्स फण्ड १ को ७.८६ प्रतिशत, धौलागिरि लघुवित्तको ६.०८ प्रतिशत, आदर्श लघुवित्तको ६.०६ प्रतिशत, खप्तड लघुवित्तको ४.०२ प्रतिशत, सिटिजन म्युचुअल फण्ड १ को इकाईमूल्य २.६४ प्रतिशत, लक्ष्मी इक्विटी फण्डको इकाईमूल्य २.४४ प्रतिशत र मानुषी लघुवित्तको सेयर २.३४ प्रतिशतले बढेको छ । तर, नाडेप लघुवित्त वित्तीय संस्थाको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । संस्थाको सेयरमूल्य १० प्रतिशतले घटेर सात सय एक रुपैयाँ ४० पैसामा झरेको छ ।

त्यस्तै, पाँचथर पावर ६.९७, नेपाल इन्भेष्टमेन्ट बैंक ५.७४, शिवश्री हाइड्रोपावर ५.६२ र सानिमा लाइफ ५.१२, श्वेतगंगा हाइड्रोपावर ४.६१, लक्ष्मी बैंक ४.५०, युनाइटेड मोदी हाइड्रोपावर ४.१४, शिवम् सिमेन्ट ४.०८ र मेगा बैंकको सेयरमूल्य ४.०७ प्रतिशतले घटेको छ ।

सबैभन्दा धेरै शिवम् सिमेन्टको १० करोड ९३ लाख ६७ हजार नौ सय २६ रुपैयाँ बराबरका दुई लाख तीन हजार छ सय २० कित्ता सेयर खरिदबिक्री भएका छ भने नबिल बैंकको साढे सात करोड ७५ लाख र हिमालयन डिष्टिलरीको पाँच करोड पाँच लाखभन्दा बढी, एनआइसी एसिया बैंकको तीन करोड ९२ लाख र रिडी हाइड्रोपावरको तीन करोड २० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?