काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलअन्तर्गत सेमिफाइनल र फाइनलमा प्रयोग हुने नयाँ बल सार्वजनिक भएको छ ।
एडिडास कम्पनीले आइतबार विश्वकपको सेमिफाइनल र फाइनलमा प्रयोग हुने नयाँ बल सार्वजनिक गरेको हो ।
मंगलबार र बुधबार राति सेमिफाइनल र अर्को साता फाइनल खेल हुँदैछ ।
सार्वजनिक रिएको बलको नाम ‘अल हिल्म’ राखिएको छ । अरेबिक शब्द ‘अल हिल्म’ को अर्थ सपना हो । यसअघि प्रयोग भएको बल नाम ‘अल रिहला’ राखिएको थियो । यसको अर्थ ‘यात्रा’ हो ।
सार्वजनिक गरिएको नयाँ बलमा यस अघि प्रयोग भएको बलमा जस्तै प्रविधिको प्रयोग गरिएको छ ।
यसले रेफ्रीहरुलाई निर्णय लिन निकै मदत पुग्ने एडिडासले जनाएको छ । यस पटकको विश्व कपमा फ्रान्स, क्रोएसिया, अर्जेन्टिना र मोरक्को सेमिफाइनलमा प्रवेश गरेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच