फिन इलेक्ट्रो टेक ७० हजारले हेरे

Read Time = 3 mins

काठमाडौं । विद्युतीय सामग्रीसम्बन्धी बृहत् प्रदर्शनी फिन इलेक्ट्रो-टेक २०२२ सम्पन्न भएको छ । नेपाल विद्युत् व्यवसायी महासंघ(फिन)द्वारा मंसिर २२ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजित मेला आइतबार सम्पन्न भएको हो । मेलाको अन्तिम तथा चौथो दिन आइतबार १६ हजारभन्दा बढीले अवलोकन गरेकोमा मेला अवलोकन गर्नेको संख्या करिब ७० हजार पुगेको आयोजकले जनाएको छ । विभिन्न ख्यातिप्राप्त कलाकार शिवहरि पौडेल, दीपाश्री निरौला, सुरजसिंह ठकुरीलगायतले पनि अवलोकन गर्नुभएको थियो भने विभिन्न राजनीतिक दलका नेता अर्थात् नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, नेकपा एमालेका सचिव योगेश भट्टराईका साथै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पनि मेला अवलोकन गर्नुभएको आयोजकले जनाएको छ ।

मेलामा विभिन्न कम्पनी र ब्राण्डका उत्कृष्ट स्टललाई पुरस्कृत गरिएको थियो । एप्पल ग्रुपको विनय स्विचले प्रथम पुरस्कार, एनजी इलेक्ट्रिकल्सको इलेक्ट्रा इलेक्ट्रिक दोस्रो, प्रिमियर ओभरसिजको ओरियन्ट र मित्तल ओभरसिजको ग्रेट हृवाइटले तेस्रो पुरस्कार प्राप्त गरेका थिए । फिनका पूर्वअध्यक्ष एवं इलेक्ट्रो टेक-२०१२ का संयोजक रामबहादुर श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष कुशकुमार जोशीलाई पनि सम्मान गरिएको थियो ।

मेलाको तेस्रो र चौथो दिन देशभरका विद्युतीय सामग्री व्यवसायी, उत्पादनकर्ता, डिस्ट्रीब्युटर, डिलर, सप्लायर्सबीच अन्तरक्रिया र व्यापारिक सम्झौता भएका थिए भने तेस्रो र चौथो दिन विद्युतीय सुरक्षाको विषयमा विचार गोष्ठी, अन्तिम दिन विद्युतीय सुरक्षासम्बन्धी गोष्ठी आयोजना गरिएको फिनका अध्यक्ष सुदर्शनप्रसाद पौड्यालले जानकारी दिनुभयो । नयाँ प्रविधि तथा उत्पादन चिनाउन मेला सार्थक भएको उहाँको भनाइ छ । विश्व आर्थिक मन्दीका बाबजुद मेला अपेक्षा गरिएभन्दा बढी सफल भएको फिनका महासचिव कोमल पोखरेलले बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?