जनप्रतिनिधि चुनेपछि कामको खोजीमा भारततिर

विजय रावत जुम्ला, संवाददाता
Read Time = 5 mins

जुम्ला । हिउँदे याम लागेसंगै घरमा कुनै काम नभएपछि जुम्लीलाई घरखर्च जुटाउनका लागि भारत जानबाध्य भएकाछन् । गाउँमै रोजगारीको सम्भावना छैन । यो समयमा घरमा कुनै पनि काम हुदैन खाली बसेर घरखर्च जुटाउन मुस्किल हुन्छ ।

यहाँका प्रायँजसो युवादेखी वृद्धसम्मका सबै रोजगारीका लागि भारत जाने गरेको तिला गाउँपालिका-१ का स्थानीयवासि विशाल बुढाले बताउनुभयो । यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा चुनाव पनि सकिएसँगै सिंजा क्षेत्रका गाउँमा पुरुषको संख्या घट्न थालेको सिंजा गाउँपालिका अध्यक्ष पुर्ण प्रसाद धितालले जानकारी दिनुभयो । रोजगारी र अध्ययनका लागि भारत र ठुला सहरमा जानेको संख्या बढेसँगै गाउँमा पुरुषको संख्या घटेको छ । जुम्लाका अधिकांश युवा रोजगारीका लागि भारत जाने गर्दछन ।

स्थानीयस्तरमा रोजगारी नपाइने र कृषि पेसा गर्नका लागि हिउँदे याममा बढी जाडो हुने भएकोले मंसिर देखी फागुन महिनासम्म भारतका विभिन्न स्थानमा व्यापार गर्नेदेखी काम गर्ने जुम्लीहरु जाने गरेको यहाँका स्थानीयवासी बताउँछन् । रोजगारीका लागि ठूला शहर तथा भारततिर गएका युवाहरू खेतिपातीको सिजन सुरु भएपछि मात्रै जुम्ला फर्कने गर्दछन् । जुम्लाका युवाहरु भारतको उत्तराञ्चल, हिमाञ्चल लगायतका क्षेत्रमा रोजगारी र व्यापारका लागि जाने गरेका छन । अहिले गाउँमा विशेषगरी वृद्धवृद्धा, बालबालिका र महिलामात्रै देखिन्छन ।

सिंजा क्षेत्र गाउँका युवासबै भारतमा व्यापार गर्ने जाने गरेको सिंजाका गाउँपालिका स्थानीयवासि उमेश बुढाले जाकारी दिनुभयो । देशका तीन तहका सरकारले उचित प्रकारका आत्मनिर्भरका कार्यक्रम लागु नगर्दा यहाँका वेरोजगार युवासबै तेस्रो मुलक र भारत जान बाध्य भएको युवा उद्यामी मनोज बुढाथोकी मगरले जानकारी दिनुभयो । पाँच वर्षमा आउने चुनावमा मतदानबाट चुनिएका जनप्रतिनिधिले स्वदेशमै रोजगारी सिर्जना गरेर विदेशिनुपर्ने बाध्यता हटाउन पर्ने हिमा गाउँपालिका युनेश परियारले बताउनुभयो ।“चुनावको लागि बिदा मिलाएर भोट हाल्न यहाँका स्थानीयवासिहरु आएका थिए । ”, उहाँले भन्नुभयो, “चुनावको उत्सवमा मतदान गरेपछि हाम्रा दुःख कोही देख्दैनन् नयाँ जनप्रतिनिधिले पनि पुरानै व्यवहार नदेखाउन ।” स्वदेशमै रोजगारी सिर्जना नहुँदा कामको खोजीमा भारत पस्नुपरेको उहाँले बताउनुभयो । “स्वदेशमै मजदूरीको काम पनि पाइँदैन, कृषि गर्न खोजे मल, बीउनै पाइँदैन” तिला गाउँपालिका कर्ण रावतले भन्नुभयो,“त्यसैले घरखर्च चलाउन भारत जानुपर्ने बाध्यता छ ।”

संविधान निर्माण पश्चात् स्वदेशमै रोजगारी पाएर विदेश हानिनुपर्ने बाध्यता हट्ने अपेक्षा गरे पनि त्यो पूरा हुन नसकेको उहाँको भनाइ छ । सडक पूर्वाधार विकास, शिक्षा र स्वास्थ्यलगायत क्षेत्रमा क्रमिकरुपमा विकास भइरहेको भए पनि युवाले स्वदेशमै रोजगारी नपाउने अवस्था रहेको छ । विषेशगरी कामको खोजीमा माथिल्लो कर्णालीका नागरिक र सुदूरपश्चिम, लगायत ठाउँका नेपाली नागरिक भारतको विभिन्न ठाउँमा जाने गरेकाछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?