थप दुई जनामा कोरोना संक्रमण

Read Time = 1 min

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । मन्त्रालयका अनुसार १६ सय चार जनाको नमूना परीक्षण गर्दा दुई जनामा संक्रमण पुष्टि भएको हो ।

यस अवधिका संकलित नमूनामध्ये तीन सय ८७ वटाको पिसीआर र १२ सय १७ को एन्टीजेन प्रविधिमार्फत परीक्षण गरिएको थियो ।

यस्तै, हाल नेपालमा १७ जना मात्रै संक्रिय संक्रमित रहेको मन्त्रालयको भनाइ छ । यस अवधिका जम्मा ३३ हजार नौ सय ६७ जनाले कोरोनाविस्द्धको बुस्टर डोज खोप पनि लगाएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?