बोरिस र आयुष्मानको विजयी सुरुवात

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपालका बोरिस अधिकारी र आयुष्मान हजुर घलेले २०औँ जयकर स्मृति एटिएफ यू-१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट-१ को ब्वाइज सिंगल्समा विजयी सुरुवात गर्नुभएको छ । पहिलो दिन ब्वाइज सिंगल्समा नेपालका सात खेलाडीले प्रतिस्पर्धा गरेकोमा बोरिस र आयुष्मानले जित हात पार्नुभएको हो ।
सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा बोरिसले भारतका पुगाज्सेभेललाई ६-० र ६-० तथा आयुष्मानले भारतकै पार्थ सानेलाई ६-२ र ६-२ को सोझो सेटमा पराजित गर्नुभयो ।

मनजय टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको ब्वाइज सिंगल्समै हङकङका कि छियोङ मोरिस हाङले नेपालका बृजेश अर्याललाई ६-२ र ६-३, बंगलादेशका मोहम्मद अलिफ होसेनले भारतका अबिर श्रीवास्तवलाई ६-१ र ६-४, भारतका आदित्य सिंहले नेपालका आसभसम्राट हाडालाई ६-३ र ६-१, भारतका भिभान मिर्धाले नेपालका निशाद जोशीलाई ६-० र ६-०, बंगलादेशका मोहम्मद तन्विर मुन तुसारले भारतका सञ्जय गिरिस गुप्तालाई ६-३ र ६-३, भारतका किशोर श्रीरामले नेपालका अद्रिन थापालाई ६-१ र ६-०, यमनका हमुद इयादले नेपालका युभेनमान श्रेष्ठलाई ६-० र ६-१ तथा हङकङका यु हिन वोङले भारतका तनिश रेड्डी भुन्द्यालालाई ६-० र ६-१ को सोझो सेटमा हराउँदै पहिलो चरण पार गर्नुभयो ।

एसियाली टेनिस महासंघको स्वीकृति तथा नेपाल टेनिस संघको सहयोगमा भइरहेको प्रतियोगिताको गल्र्स सिंगल्समा बंगलादेशकी तायेबा खानोमले भारतकी मेगाली प्रकाशलाई सिधा सेटमा ६-० र ६-१ ले पन्छाउनुभयो ।

विभिन्न १४ राष्ट्रको सहभागिता रहेको प्रतियोगितामा ब्वाइज/गल्र्स सिंगल्स र डबल्स स्पर्धा समावेश छन् । २६ ब्वाइज र १७ गल्र्स गरी ४३ खेलाडीको सहभागिता रहेको प्रतियोगिता निर्देशक मालिका राणा बस्नेतले जानकारी गराउनुभयो । एकेडेमीको यो पहिलो जुनियर अन्तर्राष्ट्रिय प्रतियोगिता हो । एकेडेमीले विगतका १९ संस्करण जुनियर राष्ट्रिय प्रतियोगिता आयोजना गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?