काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू (बिओके) ले मर्जरसम्बन्धी अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा संयुक्त निवेदन दिएका छन् । ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बिओकेका अध्यक्ष प्रकाश श्रेष्ठले बुधबार राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई संयुक्त निवेदन पेश गर्नुभएको ग्लोबल आइएमई बैंकले जनाएको छ । सो अवसरमा दुवै बैंकका सञ्चालक समिति तथा प्रमुख कार्यकारी अधिकृतको उपस्थिति रहेको थियो ।
यसअघि ग्लोबल आइएमई बैंक र बिओकेबीच मर्जर प्रयोजनका लागि २०७९ असार २ गते प्रारम्भिक सहमतिमा तथा २०७९ कात्तिक २८ गते अन्तिम सहमतिमा हस्ताक्षर भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच