एनएमबीको अफर

Read Time = 1 min

काठमाडौं । एनएमबी बैंकले ग्राहकका लागि बैंकिङ अनुभवमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले दुई आकर्षक अफर घोषणा गरेको छ । अफरमा ग्राहकले इ-एनएमबी एप र वेबमार्फत् नेपालको जुनसुकै बैंक खातामा निःशुल्क रकम ट्रान्सफर गर्न सक्नेछन् ।

चाहे परिवार र साथीहरूलाई पैसा पठाउने होस् वा व्यापारिक लेनदेन गर्ने होस्, ग्राहकलाई सहज र प्रभावकारीरूपमा रकम ट्रान्सफर गर्न सक्षम बनाउँछ । सो अफर साउन मसान्तसम्म लागू हुने बैंकले जनाएको छ ।

साथै एनएमबी बैंकले असार २०८० सम्म आफ्ना ग्राहकलाई निःशुल्क डेबिट कार्डसमेत जारी गर्ने भएको छ । एनएमबी बैंकका नयाँ वा विद्यमान ग्राहकले कुनै पनि शुल्कबिना नै डेबिट कार्ड प्राप्त गर्न सक्नेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?