काठमाडौं । गेटवे एकेडेमी र आयोजक पिस प्वाइन्ट छैटौँ पिस प्वाइन्ट कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । सानो गौचरण मैदानमा भएको पहिलो सेमिफाइनलमा गेटवेले एकलव्यलाई टाइब्रेकरमा ४-३ गोलले पराजित गर्यो । निर्धारित समयमा दुवैले गोलरहित बराबरी खेले । गेटवेका लक्ष्मण उप्रेती ‘म्यान अफ द म्याच’ घोषित हुनुभयो ।
उपाधिमा दोहोरो हृयाट्रिक गर्ने अभियानमा रहेको पिस प्वाइन्टले अर्को सेमिफाइनलमा मनकामनालाई ३-१ गोलले हरायो । विगतका पाँचै संस्करणको उपाधि जितेको पिस प्वाइन्टका लागि राहुल लामाले २ तथा पवन बुढाथोकीले १ गोल गर्नुभयो ।
मनकामनाका मानव लामाले १ गोल फर्काउनुभयो । पिस प्वाइन्टका नितेश मोक्तान ‘म्यान अफ द म्याच’ चुनिनुभयो । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार हात पार्नेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच