प्रचण्डको नेतृत्व एमालेले स्वीकार्दैन, स्थिरताका लागि कांग्रेस-एमाले मिलेर अघि बढ्नुपर्छ : सूर्य थापा

हिमालय टाइम्स
Read Time = 4 mins

 

बुटवल । एमाले पोलिटब्युरो सदस्य सूर्य थापाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वलाई एमालेले स्वीकार नगर्ने बताउनु भएको छ। उहाँले मुलुकमा स्थिरताका लागि कांग्रेस–एमाले मिलेर सरकार चलाउनुपर्ने धारणा समेत व्यक्त गर्नुभयो ।

नवनिर्वाचित प्रतिनिधिसभा सदस्य थापाले बामपन्थी एकता वा कुनै पनि मोर्चाको मुरली बजाउने नाममा प्रचण्डलाई प्रधानमन्त्री बनाउने काममा एमाले नलाग्ने बताउनु भयो । 'प्रचण्डलाई प्रधानमन्त्री बनाउने नाममा कुनै एकता वा मोर्चा बनाउने काममा एमाले लाग्दैन,' एमाले सकेसम्म आफ्नै नेतृत्वमा सरकार बनाउँछ, नभए कांग्रेसलाई समर्थन गरेर प्रतिपक्षमा बस्छ,ु बुटवलमा बिहीबार पत्रकारहरूसँगको कुराकानीमा थापाले भन्नुभयो ।

यदि एमालेले प्रचण्डलाई प्रधानमन्त्री बनाउने निर्णय गर्यो भने आफ्नो असहमति रहने र 'नोट अफ डिसेन्ट' लेख्ने थापाले बताउनु भयो । विगतमा एकीकरणका नाममा प्रचण्डले पार्टी कब्जा गर्ने षड्यन्त्र गरेकोले उहाँलाई स्वीकार गर्न नसकिने थापाको तर्क छ ।

थापाले मुलुकको विद्यमान निर्वाचन प्रणालीबारे बहस चलाउनुपर्ने आवश्यकता पनि औंल्याउनु भयो । संविधान जारी गर्ने बेलामा अहिलेको निर्वाचन प्रणालीको चर्को वकालत गर्नेहरू कसको इशारामा चलेका थिए भन्ने पुष्टि क्रमशः हुँदै गएको थापाले बताउनु भयो । नेपालमा अस्थिरता निम्त्याउन स्वार्थको रोटी सेक्ने तत्वहरू अहिलेसम्म सफल भएको उहाँले बताउनु भयो ।

उहाँले चुनाव जितेपछि प्यूठानका ६४ वटा वडाका दुई सय वटा टोल विकास संस्थाहरूमा पुगेर मतदातालाई धन्यवाद दिनुभयो । उनीहरूको विकासप्रतिको आकांक्षा र पीरमर्कालाई नजिकबाट नियालेको उहाँले बताउनु भयो। ुसडक, पूर्वाधार, पुल, शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता कुरामा अब मेरो ध्यान हुनेछ,' थापाले भन्नुभयो ।

थापाले आफूलाई विकासको 'सिस्टमु बसाउन चाहेको भन्दै यसका लागि अधिकतम प्रयास गर्ने बताउनु भयो । प्यूठानमा स्वर्गद्वारी विमानस्थल निर्माण गरिने उल्लेख गर्दै उहाँ यसको प्रक्रिया अगाडि बढेको जानकारी दिनुभयो ।

प्यूठानमा विमानस्थल चल्दैन भन्नेहरूलाई जवाफ दिँदै थापाले भन्नुभयो, 'सोलुखुम्बुमा सात वटा विमानस्थल छन्, प्यूठानमा नचल्ने प्रश्नै आउँदैन, पर्यटकीय केन्द्रको रुपमा विकास गर्ने हो भने हवाई मार्ग हुँदै स्वर्गद्वारीमा लाखौं पर्यटक भित्र्याउन सकिन्छ ।'

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
भट्टराई बन्धु
भट्टराई बन्धु
2022-12-15 6:46 pm

यसपाली ओलीका बरदहस्ती थापा बाबुको बुद्धि पलाए जस्तो लाग्यो | हुनु पर्ने पनि त्यहि हो | मुलुकको स्थायित्व दिन प्रजातान्त्रिक पद्धतिलाई संस्थागत गर्नुको विकल्प छैन | संविधान जारी हुदा कांग्रेस-एमाले बीच यस्तो समझदारी भएको पनि हो | सत्ताको लागि हतारिएका ओलीजी बिच्किदा त्यो समझदारी कायम हुन् सकेन | अव मुलुकले धेरै हण्डर खायो | नेताहरुले पदको लागि होडवाजी गर्ने होइन राष्ट्रिय हितको लागि अव नेपाली कांग्रेस एमाले एकता अपरिहार्य छ | युवा र पुराना बिचको दरार ध्वम्सकारी हुने छ | अहिले प्रजातान्त्रिक शक्ति र राष्ट्रवादी शक्ति बीच एकता र मेलमिलापको विकल्प छैन |

रिलेटेड न्युज

छुटाउनुभयो कि ?