कार्यपालिका सदस्यहरूले राजीनामा दिनु, ‘चमारे’ भनेकोमा कुनै पश्चात्ताप छैन : हर्क साम्पाङ

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 6 mins

सुनसरी । गत असोज १३ गते कार्यपालिका बैठकमा धरान उपमहानगर कार्यपालिका सदस्य देवन राईले धरान १७ मा रहेको सप्तरङ्गी पार्कलाई बहुसांस्कृतिक पार्क बनाउने नगर प्रमुखको प्रस्तावमा प्रश्न गर्नुभयो । सदस्य राईले उक्त पार्कको नाम पुरानै हुनुपर्ने यदि फेर्नु परे कार्यपालिका बैठकबाट निर्णय गर्नुपर्ने बताउनु भएको थियो । तर, नगर प्रमुख हर्कराज राई (साम्पाङ)ले उक्त पार्कलाई बहुसांस्कृतिक पार्क हुनुपर्ने अडान राख्नुभयो । ।

सोही विषयमा कार्यपालिका सदस्य राईलाई नगर प्रमुख साम्पाङले बाहिर जानुस् भन्ने अभिव्यक्ति दिनुभयो । अभिव्यक्ति दिएपछि नगर प्रमुख र उपप्रमुख बाहेक अन्य कार्यपालिका सदस्य नगर प्रमुख साम्पाङले आत्मालोचना गरी माफ माग्नुपर्ने अडान राखे । तर नगर प्रमुखले मिलाएर लानुपर्नेमा आफ्नो अडान कायम राख्नुभयो ।

असोज १३ गते देखि आजसम्म कार्यपालिका बैठक तीन पटक तोकिए पनि बस्न सकेको छैन । हिजो मङ्सिर २९ गते बिहान ८ बजे कार्यपालिका बैठक तोकिएको थियो । कार्यपालिका सदस्य बैठक कक्षमा देखिनु पर्नेमा उपमहानगर अगाडी उभिएर पत्रकार सम्मेलन गरेर नगर प्रमुख हर्क साम्पाङमाथि आक्रोश पोखे । उनीहरूले नगर प्रमुख भएर अभिभावकत्व ग्रहण नगरेको तथा अहङ्कार देखाएको भन्दै धरानको बदनाम गरेको आरोप लगाए ।

वडा नम्बर १७ का वडा अध्यक्ष तथा कार्यपालिका सदस्य मनोज भट्टराईले नगर प्रमुख स्वेच्छाचारी, अराजक, कार्यशैली तुच्छ भएको टिप्पणी गर्नुभयो । भट्टराईले नगर प्रमुखको कार्यशैलीले धरानवासी लज्जित भएको भन्दै कार्यशैली परिवर्तन गरी म हैन हामी भन्नु पर्नेमा जोड दिनुभयो । उहाँले कार्यपालिका सदस्यहरूलाई हटाएर तोक आदेशमा नगर चलाउने अभिव्यक्तिमाथि टिप्पणी गर्दै माफ नमागे सम्म कार्यपालिकामा सहभागी नहुने भनाई राख्नुभयो ।

कार्यपालिका सदस्यहरूले गरेको पत्रकार सम्मेलनको २४ घण्टा नबित्दै नगर प्रमुख हर्कराज राईले आज (शुक्रवार) आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गर्नुभयो । नगरबासीलाई समस्या समाधानको विषय राख्नु होला भन्ने सबैलाई चासो थियो । अभिभावक भएर भएका समस्यालाई समाधान गर्नु पर्नेमा वडा अध्यक्ष तथा कार्यपालिकाले गरेका सामान्य विवाददेखि कामका त्रुटि औँल्याउँदै काम गर्न नदिने र धरानको विकास गर्न नचाहेको हो भने कार्यपालिकालाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न निर्देशन नै दिनुभयो ।

‘कार्यपालिमा सदस्यहरूले आचारसंहिता विपरीत कार्य गरेको, अनुशासनहीनता र लापरबाही देखिएकाले सबै कार्यपालिका सदस्यहरूलाई सच्चिन आवश्यक देखिन्छ,’ उहाँले भन्नुभयो 'अन्यता नैतिकताका आधारमा राजीनामा दिएर मार्ग प्रशस्त गरी धरानको विकासका लागि बाटो खुल्ला गरिदिन अनुरोध गर्दछु ।' उहाँले माफ नमाग्ने अडान राख्नुभएको छ ।

घटना यतिमै सीमित छैन । कार्यपालिका सदस्यसँगको टकराब छँदैछ । केही दिन अघि दलित समुदायप्रति लक्षित सामाजिक सञ्जालमा लेखेको भन्दै राष्ट्रिय दलित आयोग, तथा कार्यपालिकामा रहेका तिन दलित सदस्यले पनि आपत्ति जनाउँदै विज्ञप्ति नै जारी गरे । उनीहरूले नगर प्रमुख राईले माफी नमागे आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

कार्यपालिका सदस्य रावित्रि परियारले आफ्नो गल्ती स्वीकार गरेर सबैलाई मिलाउनु पर्नेमा अझ गैह्र जिम्मेवार अभिव्यक्ति दिनुले सरकार प्रमुखले बाटो बिराएको आरोप लगाउनु भयो। उहाँले आफ्नो अभिव्यक्ति नसच्याए सडक आन्दोलन गर्ने समेत चेतावनी दिनुभयो । तर नगर प्रमुख सामपाङले चमारे भन्ने शब्दले दलितलाई प्रतिनिधित्व नगर्ने भन्दै माफ  नमाग्ने अडान राखिरहनु भएको छ । साथै यस सम्बन्धि अभिव्यक्तिमा आफुँलाई कुनै पश्चात्ताप नभएको समेत जिकिर गर्नुभयो ।

-न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?